समुन्द्रमुनिको रहस्यमय मन्दिर, जहाँ छन् शिव र बुद्धका मुर्ती

दुनियाँको हरेक स्थानको आफ्नो छुट्टै विशेषता र सुन्दरता हुन्छ । त्यसैमध्येको एक हो इन्डोनेसियाको आइल्यान्ड, बाली । स्वच्छ, सफा, कलरफुल कल्चर र चारैतिर फैलिएको हरियालीले यस स्थानको सुन्दरतामा चमक भरेको छ ।

यहाँ होटलदेखि लिएर रेष्टुरेन्ट, स्पा, एडभेन्चर एक्टिभिटिज लगायतको सुविधा छ । तर यो बाहेक अर्को रोचक दृश्यका कारण यहाँ दुनियाँभरीका पर्यटकहरुको ओइरो लाग्ने गर्छ, त्यो हो समुन्द्रमुनिको मन्दिर ।

हुन त बालीमा धेरै मन्दिरहरु छन् तर यो मन्दिर बिल्कुल फरक छ । बालीको पेमुतेरान तटको बीचमा समुन्द्रदेखि ९० फिट तल रहेको यो मन्दिर आज पनि कौतुहलताको केन्द्र बनेको छ ।

इन्डोनेसियास्थित बालीको यो मन्दिर निकै पुरानो हो । हुन त यो मन्दिर भगवान शिवप्रति समर्पित छ तर यसमा विष्णुको मुर्ती पनि छ, जुन लगभग ५००० वर्ष पुरानो हो । मानिसहरु स्विमिङ्गमार्फत् उक्त मन्दिर अवलोकन गर्न जाने गर्छन् ।

समुन्द्रमुनिको यो मन्दिर हेर्दा खण्डहर जस्तो देखिन्छ । मानिसहरु यसलाई द्वारिका नगरी मान्छन् । किनकी द्वारिका नगरी समुन्द्र तटको किनारमा बसेकी थिइन् र केही समयपछि समुन्द्रमै

विलिन भएकी थिइन् ।भगवान विष्णु र शिव बाहेक यहाँ अझै धेरै मुर्तिहरु छन्, जसले पुरानो समयमा हुने पूजापाठलाई दर्शाउँछ । हिन्दू देवी देवताको साथमा यहाँ भगवान बुद्धको पनि मुर्ती छ ।

प्रतिक्रिया दिनुहोस