रेस्टुरेन्ट, होटलमा टिप्स दिएर धनाडयको परिचय दिने, बाटोमा मकै पोल्ने आमासंग डिस्काउन्ट माग्ने ?

काठमाडौं। चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।

आज उनले ‘बाटोमा मकै बेचेकी , ठेलामा साग बेचेकी , सडकमा फलफूल बेचेकी आमासंग ३० रुपियाको मकै, स्याउ र सुन्तलालाइ १५, २०, ८० रुपैयाँ देउ , १ भनी किचकिच गरि डिस्काउन्ट माग्ने ?’ भनेर उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्।

बाटोमा मकै बेचेकी , ठेलामा साग बेचेकी , सडकमा फलफूल बेचेकी आमासंग ३० रुपियाको मकै, स्याउ र सुन्तलालाइ १५, २०, ८० रुपैयाँ देउ , १ भनी किचकिच गरि डिस्काउन्ट माग्ने?

रेस्टुरेन्ट , होटलमा गएर ५०० को खाजा खादा १०० रुपैया टिप्स दिएर धनाडयको परिचय दिने, १००० हजार दुखी गरिबलाई सहयोग गर्न हात काप्ने तर एकै दिनमा रमाइलो गरि क्याफे, होटलमा १५,२० हजार खर्च गर्ने ? मरेको लासको पछि पछि पैसा फाल्दै हिडने तर जीउँदो मान्छे बिरामी भएर हस्पिटलमा भेट्न जादा रित्तै जाने ?

कतै तपाईंहरु पनि कहिलेकाही यस्तै त गर्नु भएको छैन ? फजुल खर्च गर्नु भएको छ भने आजैबाट सोचिहाल्नुस् है …?

मकै पोल्ने आमालाई बरु ३० रुपैयाँको ठाउँमा २० रुपैया बढी दिनुस एक किलो चामल त आउँछ बिचरी आमालाई, बिरामी भेटन जादा एक हजार दिनुभयो भनी पनि एउटा रोग विरुद्धको इन्जेक्सन त आउँछ होईन र ??
(हामी नेपाली, सहयोगी नेपाली)

प्रतिक्रिया दिनुहोस