गर्भवती भएको भन्दै बधाई खाएर हस्पिटल जाँदा जब उनको पेटमा डाक्टरले भेटायो यस्तो चिज जस्ले सबैलाई बनायो चकित

वासिंगटन । अमेरिकाको अलाबामामा बस्ने कायला राहनको पेट बढ्दै जान थाल्यो र तौल पनि । धेरैले उनी गर्भवती भएको भन्दै बधाई पनि दिए र कतिपयले त पेट निकै बढ्न थालेको देखेर कायलाको पेटमा जुम्ल्याहा या तिम्ल्याहा बच्चा भएको अनुमान समेत लगाउने गर्दथे ।

तर पछि पछि उनको पेट दुःख्न थालेपछि उनी डाक्टर कहाँ पुगिन् । र डाक्टरले भने अर्कै कुरा भएको पत्ता लगाए । पेट भित्र साढे २२ किलोलो ट्युमर ! सुन्दा अचम्म लागेपनि घटना भने सत्य हो।

अमेरिकाको अलबामा निवासी ३० वर्षीय काइला राहनको पेटबाट साढे २२ किलोको ट्युमर झिकिएको छ । काइला लामो समयदेखि पेट दुःख्ने समस्याबाट पीडित थिइन् । यसका साथै उनको तौल समेत छिटो छिटो बढ्दै थियो । उनी भन्छिन्, “पेट लगातार बढ्दै आइरहेको थियो । र यसले गर्दा सासफेर्न समस्या समेत आइरहेको थियो ।”

धेरै मानिसले उनी गर्भवती रहेको हुनसक्ने समेत बताए तर डाक्टरहरूले जाँच गरेपछि भने अवस्था अर्कै रहेको पाइयो । डाक्टरहरूले काइलाको पाठेघरभित्र फर्सीको आकारको ट्युमर रहेको कुरा पत्ता लगाए । साथै उनीहरूले समयमै अपरेसन नगरिए यसले अरु अङ्गमा समेत असर गर्ने बताए ।

पछिल्लो मे महिनामा उनको पेटबाट उक्त ट्युमर सफलतापूर्वक निकालिएको छ । काइलाका अनुसार उनको पेट बढ्दै जाँदा कतिपय मानिसले उनको पेटमा जुम्ल्याहा बच्चा हुनसक्ने अनुमान लगाउने गर्दथे । तर अलाबामाको ज्याक्सन अस्पतालका डाक्टरहरूले यो ‘म्यूकिनस सिस्टाडेनोमा’ रहेको पत्ता लगाए । यो अन्डाशयमा हुने एक प्रकारको ट्युमर हो । अपरेसनपछि काइलाको शरीरबाट ट्युमर हताइएको छ र यसले उनको तौल लगभग ३४ किलो घटेको छ ।

शल्यक्रियापछि आफूले निकै राहत महसुस गर्न थालेको काइलाले बताएकी छिन् । उनलाई शल्यक्रिया पहिले निकै डर लागिरहेको भएपनि उनीसँग यसको अरू विकल्प नरहेको काइला बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस