डेढ वर्षसम्म दैनिक १८ देखि २० वटा रोटी खाँदा पनि दिसा नगरेका यी युवाको दिसा कहा गईरहेको छ ?

एजेन्सी । संसारमा अनौठा घटना घटिरहेका हुन्छन् । यस्तै अनौठाको एउटा घटना घटेको छ भारतको मध्य प्रदेश मुरैनामा पनि । जहाँ एक १६ वर्षका युवकले दैनिक १८ देखि २० वटा रोटी खान्छन् । तर पनि उनले दिसा भने गरेका छैनन् । उनले खाएको कता गएको छ उनी हालसम्म कसरी सकुशल नै बाँचिरहेका छन् भन्ने प्रश्न सबैमा उब्जिएको छ ।

विगत १८ महिनादेखि अहिलेसम्म उनीमा कुनै समस्या पनि देखिएको छैन । तर, उनका परिवारका सदस्यहरु भने चिन्तित छन् । भारतको मध्य प्रदेशको मुरैना जिल्लाको यो घटनाका कारण युवकका परिवारजन छोरालाई गम्भीर प्रकारको रोग लागेको हो कि भन्ने आशंका व्यक्त गर्दछन् ।

मुरैनाका एक गरीब परिवारका यी युवकलाई चिकित्सकले चेकजाँच गर्न पनि इन्कार गरिरहेका छन् ।मुरैनाका सवजितस्थित पुरा भन्ने स्थानका मनोज चांदिलका १६ वर्षका आशिष चांदिलले दिसा नगएको १८ महिना भयो भन्ने सुन्दा डक्टर पनि चकित भएका थिए ।

उनको यो समस्याका बारेमा धेरै स्थानका डाक्टरहरुलाई देखाए पनि उनको रोगको बारेमा केही पत्ता लागेको छैन । दैनिक १८ देखि २० रोटी खाँदा पनि आशिषको पेट वा शरीरमा कुनै समस्या देखिएको छैन ।

न त उनको पेट नै बढेको छ । यी युवकसामान्य स्थितिमा आफ्नो जीवन–यापन गरिरहेका छन् । उनको परिवारलाई भने उनी कुनै ठूलै रोगको शिकार हुने हुन् कि भन्ने चिन्ता रहेको छ । यसबारेमा शिशुरोग विशेषज्ञ यो रोगको बारेमा ठूलै परीक्षणको लागि भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस