के भनिन् फेरी करिनाले सैफकी पूर्वपत्नी अमृतालाई, जुन कुरा सुनेर सारा, इब्राहीम लगाएत सोशल मिडिया यूजजरस पनि रिसाए करिनासंग

बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे । करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् ।

करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ । खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् ।

उनीहरुले करिना कुनै आउट साईडर नभएको हुनाले आमा बुवाको विबाहदेखि उनीहरुको प्रेमको चर्चा र फिल्मी क्षेत्र एउटै भएको बताउँदै सानैदेखि करिनाले आमा अमृतालाई देख्दै आएको पनि बताएको कुरालाई भारतीय सञ्चारमाध्यमहरुमा उदृढ गरिएको छ ।

अभिनेत्री करीना अहिले दोस्रोपटक गर्भवती भएकी छन् । गर्भवती भएपछि उनी चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस