आजकै दिन भएको थियो श्रीकृष्णको नि’धन, स्वेताले लेखिन् भावुक स्टाटस

काठमाडौं । आज साउन २५ गते नेपाली सिने उद्योगका चर्चित नायक स्व श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । अभिनेता श्रेष्ठको २०७१ साल साउन २५ गते नि’धन भएको थियो ।

अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी नायिक स्वेता खड्काले निकै भावुक स्टाटस र फोटो सेयर गरेकी छिन् । ‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र ! मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’

उनलाई स्मरण गर्दैै नेपाली फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् । सदाबाहर अभिनेत्री करिश्मा मानन्धरले तिमी सधैं हामी बिच सुनौलो सम्झना बनेर रहिरहने छौ श्री , आज साउन २५ गते ,हार्दिक श्रद्धासुमन श्री कृष्ण भन्दै आफू र श्रीबीचको एक फिल्मको भिडियो सार्वजनिक गरेकी छिन् ।

दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो । नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्कासँग विवाह गरेर एक महिनाअघि हनिमुनका लागि सिमला पुगेका थिए । त्यसैबेला बिरामी भएका उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

चलचित्र ‘कोहिनुर’को प्रदर्शन छेकोमा नव–विवाहित जोडी भारत पुगेको थियो । भारत जाने क्रममा श्रीकृष्णले २ वर्षसम्म सन्तानको कुनै सोच नभएको सुनाएका थिए ।

वि.सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले थुप्रै फिल्ममा अभिनय गरेका थिए । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा श्रीकृष्णले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस