बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी, यस्ता छन् अचम्मका फाइदाहरु !

एजेन्सी – तपाई हामीले अण्डा उसिनेपछि अण्डा पकाउको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा छन् ।अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ ।

उब्रिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ ।त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।

डंडीफोरको दाग अनुहार भरी छ ? यसरी हटाउन सकिन्छ=अनुहारमा आउने डन्डिफोर र त्यसको दागले धेरैलाई सताईउनुका साथै कुरुप पनि बनाएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले मानिसहरु प्राय यसको चिन्तित बनेका हुन्छन् । कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्ने गर्छन् । तर यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु उत्पन्न गर्ने पनि गर्छन् ।

यस्ता दागका लागि भान्सामा नै पाइने केही औषधिहरुको प्रयोग गर्न सकिन्छ । जसले सजिल्यै दाग हटाउन मद्दत गर्छ । डन्डिफोरको दाग हटाउनकोलागी तपाईँले घियू कुमारीको प्रयोग गर्न सक्नु हुन्छ । यसले छालालाई निकै फाइदा दिन्छ । यसले छालालाई कोमल बनाउँछ । तर यसले दाग कम गराउँछ । डन्डिफोरको दागमा दैनिक घ्युकुमारी जेल लगाउँदा रातभरीमा दाग हराउँछ । यस्ता घरेलु उपाय अपनाउनाले डंडीफोरको दाग हटाउन सहयोग गर्दछ । तपाईंको अनुहार सुन्दर देखिने छ ।

तपाईँले टी ट्री तेलको प्रयोग गरेर पनि डन्डिफोरको दाग हटाउन सक्नु हुन्छ । यो तेलमा एन्टिब्याक्टोरियल गुण पाइन्छ । थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

त्यसैगरी ग्रीन टी को नियमित प्रयोगले पनि डन्डिफोरको दागलाई तपाईँको अनुहारबाट हटाउनमा मद्दत गर्दछ । अनुहारको लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो बनाउने । त्यसपछि दागमा लगाउने र केही समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

महले पनि तपाईँको डन्डिफोरको दागलाई हटाउँन सहयो गर्दछ । मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरिल र एन्टिइन्फ्लेमेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

अन्त्यमा घरको फ्रिजमा जमेर रहेको बरफ पनि डन्डिफोरको अचुक औषधी हो । एउटा सफा कपडामा बरफको टुक्रा राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस