यी अक्षरबाट नाम आउने व्यक्ति हुन्छन् निकै भाग्यमानी, तपाईको नाम कुन अक्षरबाट ?

काठमाडौँ । हिन्दू धर्मअनुसार मानिसको जन्म मिति, समय, बार, तिथि, महिना आदिको माध्ययबाट उसको स्वभाव, भाग्य र भविष्य निर्धारण हुने मान्यता छ।

मानिसको स्वभाव कस्तो रहने भन्ने पनि यसअनुसार भन्ने गरिन्छ । ज्योतिष विद्याले मानिसका विभिन्न अवस्था र स्वभावबारे बताउने क्रममा मानिसको नामको पहिलो अक्षरको आधारमा पनि उसको चरित्र र स्वभाव छुट्याउन सकिने बताइन्छ ।

मानिसको नामकरण जन्मदाको तिथि, मिति र समयका आधारमा हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्र अनुसार यसरी नामका आधारमा व्यक्तिको भाग्य मान्ने गरिन्छः

चु चे चो लाः यी अक्षरबाट नाम भएका मानिसमा राजकाजी, तेजस्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुविशेषज्ञ , व्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुने विश्वास छ ।

लि लु ले लोः यी अक्षरबाट नाम भएका व्यक्ति ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यवादी, विजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै विचार गर्ने खालका हुन्छन् ।

अ इ उ एः पहिलो अक्षर यो नामबाट सुरु हुने व्यक्तिहरु पाप धर्मको वास्ता नगर्ने, तेजस्वी, अधिक खाने, थोरै बोल्ने, आशावादी, असल व्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने, कामुक स्वभावका हुन्छन् ।

ओ बा बि बुः पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने हुन्छ।

बे बो क कौः यस्तो नामबाट सुरु व्यक्तिहरु धैर्यशील, कुशलवक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, विवेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, विद्धान, विदेशबाट लाभ, देशभक्त हुन्छन्।

कु ध छः पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, व्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका व्यक्ति नामको पहिलो अक्षर कु ध छ बाट सुरु हुने ज्योतिषशास्त्रले बताउँछ ।

के को ह हीः यस्ता व्यक्तिहरु सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका हुन्छन्।

हु हे हो हाः यी अक्षरबाट नाम आउनेहरू कार्य कौशल, बुद्धिमान, दाता, व्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन व्यवस्थामा संलग्न रहने विश्वास छ।

डि डु डे डोः छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दूराचारी, झुठ बोल्ने ।

म मी मु मेः भोगी, सत्यवादी, पितृभक्त, विद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने, झगडालु, गम्भीर तर क्रोधी खालका व्यक्तिहरुको नाम म मी मु मे बाट सुरु हुने बताइन्छ ।

मो टा टी टुः पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने स्वभाव हुन्छ ।

टे टो प पीः लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।

पु प ण ठः यसबाट नाम आउनेहरू निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक हुन्छ ।

पे पो रा रीः दयालु, पराक्रमी, व्यवसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु हुन्छ ।

रु रे रा ताः शुभ, विद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यवादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र विचार, हठी, तीब्र विचार शक्तिले युक्त ।

ती तु ते तोः लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली व्यक्तित्व, शक्तियुक्त ।

ना नी नु नेः सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने ।

नो या यी युः सन्तोषी, धार्मिक, न्यायी, स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।

भू ध फा ढाः श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।

भे भो ज जीः धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, विद्धानको कदर गर्ने, सर्व्प्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।

जु जे जो खाः सन्तोषी, तीव्र स्वभाव, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।

खी खु खे खोः परोपकारी, सद्बिवेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, विद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।

गा गी गु गेः धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा विरोध, लोभी।

गो सा सि सुः सत्यभाषी, साहसी, शान्त स्वभाव, अविवेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तव्यनिष्ठ, मेहेनती, इर्ष्यालु।

से सो सा दीः चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेवाज, माता पितालाई आदर नगर्ने ।

दु थ झ गृः कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।

दे दो च चीः सदाचारी, विद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान हुन्छन् ।

प्रतिक्रिया दिनुहोस