…त्यसपछि यि जवान छोरीले गो प्य रूपमा बनाएको भिडियोले प्रहरी नै चकित

सन् २०१८ मा देश छाडी भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गो प्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई ब न्ध क बनाएको र आफ्नो ज्यान जो खि ममा रहेको उल्लेख गरेकी छन्।

बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडिओमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनस् न जर ब न्द गरिएको स्थान पुर्‍याइएको बताएकी छन्।

गो प्य सन्देश आउने क्रम हाल रोकिएको छ र उनका साथीहरूले संयुक्त राष्ट्रसङ्घलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेका छन्। दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए।

सन् २०१८ मा लतिफासँग भेटेकी र उनलाई ूचिन्तित युवतीू का रूपमा व्याख्या गरेकी संयुक्त राष्ट्रसङ्घकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको बताएकी छन्।

शाही हैसियत त्या’ ग्दै प्रेम विवाह
मानव अधिकार सम्बन्धी पूर्व राष्ट्र सङ्घिय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ छिन् भन्ने बारे थाहा दिइनुपर्ने आग्रहको समर्थन गरेकी छन्। म लतिफा बारे अझै निकै चि न्ति त छ। विषय वस्तु अघि बढेको छ। र त्यसै कारण यो विषय बारे अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लाग्छ, उनले भनिन्।

लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन। विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुख मध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप राष्ट्रपति पनि हुन।

लतिफालाई नि य न्त्र ण मा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गो प्य रूपमा दिइएको मोबाइल फोनमा कैयौँ महिना लगाएर भिडिओहरू रेकर्ड गरिएको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस