बाथ रोग के हो? यसबाट कसरी बच्ने? डा दिपा शाहको सल्लाह (हे’र्नुहोस् भिडियोमा)

बाथरोग के हो ? बाथरोग भन्नाले शरीरको रोग निरोधक शक्ति (Auto immune disorder) ले आफ्नै शरिरको अंगलाई असर गरेपछि हुने रोग भन्ने बुझिन्छ । सामान्य रुपमा बुझ्दा बाथरोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था सिर्जना गर्दछ । हाम्रो समाजमा जोर्नी र शरिर दुख्ने समस्याको एक प्रमुख कारण बाथरोग भएको यस रोगसँग सम्वन्‍धित चिकित्सकहरु बताउँछन् ।

एकसय भन्दा बढी प्रकारका बाथरोग भएतापनि नेपालमा भने आठ प्रकारका बाथरोगका विरामीहरु धेरै नै भेटिएका छन् । त्यसमध्ये आम बाथ भनेर चिनिने (र्‍यूमटोईट आरथ्राईटिस) पुरुष भन्दा बढी महिलाहरुमा देखिँदै आएको छ ।

यसको सुरुवाती अवस्थामा हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने र अररो हुने हुन्छ । रोग छिप्पिँदै गएपछि भने हातगोडाका जोर्नीहरु जाम हुने, बांगीने, बिग्रने र काम नलाग्ने हुन्छन् । जोर्नी खिईने बाथ भनेर चिनिने (ओस्टियो आरथ्राईटिस) प्राय गरेर बढ्दो उमेरसँग देखा पर्दछ ।

कसरी हुन्छ ?

विभिन्न खोज र अनुसन्धानका बाबजुद पनि यो रोगको यकिन कारण पत्ता लाग्न सकेको छैन। वैज्ञानिकहरूका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्वहरूले यो रोग गराउनमा प्रमुख भूमिका खेलेका हुन्छन्। र्युमटोइड आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ। यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाड नष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ।

कसरी चिन्ने ?

र्युमटोइड आरथ्राइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो। रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू (विशेष गरी औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने सुन्निने र अररो हुन्छन्। बिहानपख र दिन ढल्दै गएपछि हातगोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुखोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ।

रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ। यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्ग जस्ता अंगको इन्फेक्सन बढी र जटिरूपमा देखिने सम्भावना हुन्छ।

यसका दीर्घकालीन असरहरूः

समयमै सही उपचार नभएमा ¥युमटोइड आरथ्राइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ। कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ। हे’र्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस