हिजो बढेको सुनको मूल्य आजै ह्वातै घट्यो , यस्तो छ आजको बजार मूल्य !

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। मंगलबार बढेको सुनको मूल्य आज घटेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले घटेको छ।

यस गिरावट पश्चात छापावाला सुनको मूल्य ८९ हजार ८ सय र तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० कायम भएको छ। यस अगाडी सुनको मूल्य मंगलबार बढेको थियो। मंगलबार सुनको मूल्य तोलामै ११ सयले बढेको थियो।

सोमबार सुनको मूल्यमा कुनै घटबढ भएको थिएन। त्यस्तै आइतबार भने सुनको मूल्य तोलामा ८ सय रुपैंयाले बढेको थियो। आइतबार छापावाला सुन ८९ हजारमा कारोबार हुँदा तेजाबी सुन ८८ हजार ५ सय ५० मा कारोबार भएको थियो। त्यस्तै सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भएको थियो भने ।

मंगलबार छापावाला सुन ९० हजार १ सय र ८९ हजार ६ सय ५० रुपैंयामा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १५ रुपैंयाले घटेर १ हजार ३ सय ४५ कायम भएको छ।

यो पनिपढ़नु होस:काठमाडौं – मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन ।

सरकार पक्षचाहिँ हतास मनस्थितिमा देखिएको छ । र, सेनासँगको सघन संवाद र सहकार्यस्वरुप मुलुकका उपराष्ट्रपति उपत्यका छाड्न नपाउने गरी ‘बन्दी’ बनाइएका छन् । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सुरक्षा ब्युरोलाई उपराष्ट्रपतिका गतिविधि र भूमिकाको गहिरोसँग निगरानी राख्न र सबै सूचना आफूलाई दिन निर्देशन दिएको बताइन्छ ।

नेपाल पत्रकार महासंघको गत फागुन ५ मा सम्पन्न महाधिवेशन उद्घाटनक्रममा उपराष्ट्रपतिले प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय लिनुलाई असंवैधानिक भनी असन्तुष्टि व्यक्त गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान नदिनु भनेरै निर्देशन दिएको बताइन्छ । फागुनको २१ र २२ गते बुटवलमा दलित पत्रकार संघको महाधिवेशन हुँदैछ ।

पहिलो संविधानसभामा सदस्य रहेका पत्रकार विनोद पहाडी अध्यक्ष भएको उक्त संगठनले औपचारिक पत्र लेखेरै प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो । पत्र बुझ्ने क्रममा उपराष्ट्रपतिले पत्रकारमा पनि यो समुदायका साथीहरु बीच जान पाउँदा आफूलाई अझ बढी उत्साह थपिएको भन्दै कार्यक्रममा सहभागी हुने रुची प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस