पुरुषहरुको वस्तविक बौद्धिक क्षमता उनीहरुको छातीको रौँ हेरेर पत्ता लगाउन सकिने !!!

मानिसको बौद्धिकताबारे कसैले यकिन गर्न सक्दैनन् । कतिपय मानिसहरु टाउको वा निधार ठूलो हुनेहरु बुद्धिमानी हुने गरेको बताउँछन्।

तर, हालै अमेरिकी चिकित्सक ऐकाराकुडी एलियासले गरेको ४० वर्षको अध्ययन र अनुसन्धानबाट एक रोचक तथ्य पत्ता लागेको छ। उनको खोजअनुसार पुरुषहरुको वस्तविक बौद्धिक क्षमता उनीहरुको छातीको रौँ हेरेर पत्ता लगाउन सकिन्छ।

उनीहरुको छातीमा कति रौं छ भन्ने हेरेर हामीले उनीहरुको बौद्धिकताको अनुमान लगाउन सक्नेछौं । चिकित्सक एलियासले आफ्नो ४० वर्ष लामो अनुसन्धानबाट यो खोज गरेका हुन् कि उच्च शिक्षा लिने र उच्च पदमा काम गर्ने पुरुषको छातीमा धेरै रौं हुने सम्भावना हुन्छ ।

तर, सबै पुरुषको छातीमा कपाल हुँदैन । उनीहरुको छातीमा कति रौं हुन्छ भन्ने वंशमा पनि भर पर्ने गर्छ । पुरुषहरुको शरीरमा हुने रौँ र उनीहरुको बौद्धिक क्षमताका बीचको सम्बन्धबारे खोजी गर्न चिकित्सक एलियासले ४० वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गरेका हुन् ।

यसका लागि पहिले चिकित्सक एलियासले समाजमा प्रतिष्ठित डाक्टरहरुबाटै आफ्नो अध्ययन सुरु गरेका थिए । डाक्टरहरुलाई धेरै बुद्धिमानी मानिने भएकाले पनि उनले यही पेशाका पुरुषहरुबाटै आफ्नो खोज सुरु गरेको बताए । यसै क्रममा उनले पत्ता लगाएका हुन् कि डाक्टरहरु मध्ये ४५ प्रतिशतमा अधिक रौँ हुने गरेको छ ।

सामान्य रुपमा १० प्रतिशत पुरुषहरुको छातीमा मात्र अत्याधिक रौं हुन्छ । जसमा ४५ प्रतिशत डाक्टर पर्छन् । यसैबाट पुष्टि हुन्छ कि शरीरमा धेरै रौँ भएका पुरुषहरु उच्च शिक्षा प्राप्त अथवा धेरै बौद्धिक क्षमतायुक्त हुन्छन्।

डाक्टर एलियासले इन्जिनियरिङ ग्र्याजुएट मध्ये पनि यो अध्ययन गरेका थिए र टप र्‍याङ्कमा पर्ने धेरैको शरीरमा बढी मात्रामा रौँ भएको पाइएको उनले बताए ।

आफ्नो पुरानो अनुसन्धानमा पनि डाक्टर एलियासले शरीरका रौँ र हाई आइक्युबीचको सम्बन्धबारे जानकारी हासिल गरेका थिए। ग्लोबल सोसाइटी मेन्साका ११७ हाई आइक्यू भएका पुरुषहरुमा उनले अनुसन्धान गरेका थिए ।

मोन्सामा १ सय ४० भन्दा माथि आइक्यु भएकालाई मात्र प्रवेश गराइन्छ र त्यस अध्ययनमा डाक्टर एलियासले मेन्साका पुरुषहरुमा पनि अधिक रौँ भएकाहरुको सङ्ख्या सामान्य मानिसभन्दा धेरै देखिएको बताए । छातीमा मात्र होइन उनीहरुको ढाडमा समेत धेरै रौँ पाइएको उनको भनाइ छ ।

तरपनि उनले पत्ता लगाएका धेरै कुराहरुबाट हामीले अनुमान मात्र लगाउन सक्छौँ । अझै यो पूर्ण रुपमा प्रमाणित हुन नसकेकाले डाक्टर एलियासको थ्योरी विवादास्पद नै मानिएको छ ।

प्रतिक्रिया दिनुहोस