दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटीको बैठकबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने‘प्रधानमन्त्री जे गर्दा ठिक हुन्छ त्यही गर्ने विषयमा परामर्शमा हुनुहुन्छ ।’

मुलुकलाई अन्यौल र अनिर्णयमा राख्न नहुने पक्षमा ओली रहेको बताए ।ज्ञवालीले छिट्टै प्रतिनिधि सभा बैठक डाक्न मन्त्रिपरिषदले सिफारिश गर्ने जानकारी दिए । सर्वोच्च अदालतको हिजोको फैसला अनुसार १३ दिनभित्र संसद बैठक ठाक्नुपर्ने हुन्छ ।

ज्ञवालीले सर्वोच्चको फैसलाको सम्मान गर्दै फैसला कार्यान्वयन गर्ने निर्णय गरने बताए ।नेकपा एकीकरणको सम्भावना अझै रहेको उनले बताए । काँग्रेससँग सत्ता समिकरणका लागि प्रचण्ड र माधव नेपाल समूह दौडधुपमा लागेको भन्दै त्यस्तो

भएमा एकीकरणको सम्भावना नरहने बताए ।‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस