काठमाडौंको गोठाटारमा बस्ने बिध्याले कालिमाटीमा पुगेर गरेको यो हर्कतले बाबुआमा रोए, प्रहरी समेतलाई बनायो हैरानी

काठमाडौं । छोराछोरीले गतल वाटो अपनाए भने अभिभावकलाई दुख हुन्छ । त्यस्तै समस्यामा परे काठमाडौंको गोठाटार बस्ने एक अभिभावकले । उनीहरुकी २४ वर्षीया विद्या तिमल्सिनाले अरुलाई तिर्नुपर्ने पैसा आफुसंग नभएपछि अनौठो उपाय अपनाइन् । जसले उनका बुवाआमालाई नै निकै समस्या पारेको थियो ।

अहिले सो घटनाको वास्तविकता खुलेको छ । विद्या सोमबारबाट हराएकी थिइनन् । परिवारका सदस्यले उनी कतै साथीकहाँ गएकी होलिन् भन्ने सोचे । तर बुधबार परिवारकै एक सदस्यको मोबाइलमा आएको म्यासेजले भने सबैको हो स उ ड्यो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् ।

म्यासेजमा ५ लाख रुपैया मागिएको थियो । छोरी लिन ५ लाख लिएर झापा आउनु भनेर लेखिएको म्यासेज देखेपछि परिवारका सदस्यको हो स उ ड्यो ।

म्यासेज विद्याकै नम्बरबाट गरिएका कारण कसरी खोज्ने भन्ने उनीहरुलाई समस्या भयो । उनीहरु प्रहरीको शरणमा पुगे । प्रहरीले अनुसन्धान सुरु गरेपछि घटनाको रहस्य खुल्दै गयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । अनुसन्धानबाट झापामा छन् भनिएकी विद्या काठमाडौकै कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरेर परिवारसंग भेट गराएको छ । तर उनी फेला परेपछि प्रहरी पनि छक्क परेको छ । मोवाइलमा त्यसरी म्यासेज लेख्ने विद्या आफै थिइन् ।

उनले आफै नाटक गरेको अनुसन्धानबाट खुलेको छ प्रहरीले जनाएको छ । उनी गोठाटारबाट हिँडे पछि सप्तरी पुगेर फेरी काठमाडौ फर्किएकी थिइन् । चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छोडेकी थिइन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो पैसा तिर्न उनीसंग उपाय थिएन ।

त्यसैले उनले आफ्नो बुवासँग पैसा लिने नियतले यस्तो नाटक गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार राति कालीमाटीमा प्रहरीले भेट्टाएपछि उनले म्यासेज आफैले गरेको प्रहरी सामु भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस