जहाँ कमिलालाई पिसेर अचार खाने गरिन्छ !

तपाईंले प्याजको अचार (चटनी), टमाटरको अचार वा धनियाँको अचार खानु भएको होला वा यसबारे सुन्नु भएको होला । तर के तपाईंले कहिल्यै कमिलाको अचार (चटनी) हुन्छ भनेर सुन्नु भएको छ ?

खासमा भारतको झारखण्डस्थित जमशेदपुरको एउटा गाउँमा बस्ने आदिवासीले राता कमिला (लाल चींटी) को अचार (चटनी) बनाएर खाने गर्दछन् । भोक र चिसोबाट बच्न भन्दै त्यस क्षेत्रका स्थानिय आदिवासी राता कमिलको अचार खाने गर्दछन् ।

आदिवासी समाजका अनुसार चिसो मौसममा राता कमिलको अचार खाएमा यसले चिसो लाग्नबाट बचाउनुको साथै भोक समेत जाग्ने गर्दछ । स्वास्थ्यका दृष्टिकोणले समेत राता कमिलामा पाइने टेटरकी एसिडले शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।

काठमाडौं। बेलायतको केन्टमा बस्ने आमाछोरीले समुद्र किनार घुम्ने क्रममा अनौठो बस्तु भेटेपछि घरमा लिएर आए । उनीहरुले यस लाई भान्छामा राखेका थिए । भा’न्छामा त्यो वस्तु वि’ष्फोट भयो ।

आमाछोरी भने भाग्यले बचे । खासमा उनीहरुले त्याएको त्यो वस्तु दोस्रो वि’श्वयु’द्धमा प्रयोग गरिएको न’पड्किएको ग्रे’नेड थियो । ३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले समुद्र किनारमा घुम्ने क्रममा यो वस्तु भेटेका थिए ।

जोडी र इसाबेलालाई सुरुमा यो कुनै प्राचीन जीवको अवशेष हो जस्तो लागेको थियो । उनीहरुले यो कुनै जनावरको हड्डी हुन सक्ने पनि सोचेका थिए तर उनहिरुलाई यो ८० वर्ष पुरानो ग्रेनेड होला भन्ने रत्तिभर पनि अनुमान थिएन ।

जोडीले डेलीमेलसँगको कुराकानीमा आफूले यो वस्तु के हो भन्ने थाहा होस् भनेर यसको फोटो पुरातत्व विभागको वेबसाइट र सामाजिक संजालमा पनि पोस्ट गरेको बताइन् । धेरैको प्रतिक्रिया पनि आएको थियो तर कसैले पनि यो ग्रेनेड हुन सक्ने बताएनन् ।
जोडीका अनुसार त्यो हड्डीजस्तो थियो र धेरै तौल पनि थिएन ।

कतैबाट पनि त्यो धातुजस्तो देखिएको थिएन । एक महिलाले यो ह्वेलको बान्ता हुन सक्ने बताउँदै हो कि होइन भन्ने तातो पिनले घोचेपछि थाहा हुने बताएपछि जोडीले त्यसलाई तातो पिनले घोचिन् । तर, यसो गर्नासाथ त्यो वस्तु आगोको गोलामा परिणत भयो । उनले भनिन् ‘मेरी छोरी चिच्याउँदै भागिन् । मैले त्यसलाई समातेर दौडिँदै गएर किचनमा फ्याँकिदिएँ जहाँ त्यो विष्फोट भयो ।’

प्रतिक्रिया दिनुहोस