पिताको १३५ कोठाको भव्य महल छोराले १४० रुपैयाँमा बेचिदिए बास्तबिक यस्तो रहेछ …..

काठमाडौं । पितासँग रिस उठेपछि एक युवाले आफ्नो पुर्ख्यौली महल मात्रै १४० रुपैयाँमा बेचिदिएका छन् । यी युवक राजपरिवारका सन्तान हुन् । यो परिवार जर्मनीको पूर्व राजपरिवार हो । छोराले मात्रै १ युरोमा भव्य महल बेचिदिएपछि उनका ६६ वर्षका राजकुमार पिताले ३७ वर्षका छोरावि’रुद्ध अदालतमा मु’द्दा हालिदिएका छन् ।

जर्मनीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले आफ्नो १३५ कोठासहितको मेरिनबर्ग महल सन् २००० मा छोरा अर्नस्ट अगस्ट जुनियरलाई दिएका थिए । उनका छोरा अगस्ट जुनियरले २०१८ मा यो महल उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरे । त्यसपछि अर्नस्ट अगस्ट जुनियरले यो महल मात्रै १ युरोमा बेचिदिए । उनले यो महलको मर्मतको लागि २७ मिलियन युरो लाग्ने र यति धेरै पैसा आफूसँग नभएकोले यो महल १ युरोमा बेचिदिएको बताए ।

द आर्ट न्युजपेपरका अनुसार अब महललाई बचाउन अर्नस्ट अगस्टले कानुनको सहारा लिँदैछन् र छोरावि’रुद्ध नै मु’द्दा हालिदिएका छन् । उनले आफ्ना छोरामाथि कैयौं गम्भीर आ’रोप लगाउँदै महल फिर्ता पाउनुपर्ने माग गरेका छन् । यो मेरिनबर्ग महलको निर्माण १८६७ मा भएको थियो । राजकुमार अगस्टले आफ्ना छोराले आफूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।

उनले छोरामाथि अधिकार र हितको उल्लंघनको आरोप लगाएका छन् । उनले छोराको यो कामका कारण आफू अस्ट्रियामा एक लजमा बस्न बाध्य भएको र बिरामी हुँदा पनि आर्थिक सहायता नपाएको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् र बेलायती महारानी एलिजाबेथका काकातर्फका भाइ पर्छन् । Source: DCnepal

प्रतिक्रिया दिनुहोस