जिबनमा एक पटक पुग्नै पर्ने पवित्र तीर्थस्थल,

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थस्थल हो । खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् ।

यसलाई प्राचीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ ।वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्थानियहरुको बढी सहभागिता हुने गरेको छ ।

त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ ।त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछने ।

पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस