जन्मेको बच्चा त तिम्रो हो भन्दै श्रीमतीले प्रेमिसंग फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि…..

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सि एका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि वाद मात्रै परेन, परिवारै भाँ डि न पुगेको छ।

‘प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले ब च्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले ब च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ शं कामा बल पुग्यो।’

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए।

त्यसपछि दिनहुँजसोको झ ग डा ले प्रेमा मा नसिक त ना व मा परिन्। तब उनले नाबालिका छोरीको ज्या न लि’इन् । आफूले देह त्याग गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।

‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँ टी डो र रीले क से को प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डो री को प्र योग गरी पं खा मा झु न्डि न खो ज्दा न न्दले डो री का टे र उनलाई जो गाएको पाइएको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।

यो पनि : मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सो सिफारिस गरेको जनाइएको छ । बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी क्षेत्रको कार्यक्षेत्रमा रहेको थाहा नगरपालिका–१ देखि १२ सम्म ६०० हेक्टर तथा इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा रहेका ४५० हेक्टर गरी कूल एक हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनका रूपमा सिफारिस गरेको हो । सुपरजोनका लागि जिल्ला समन्वय समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने बताइएको छ ।

साथै बैठकले जिल्लामा उत्पादित बालीहरुको प्राथमिकीकरणसमेत तोकेको छ । स्थानीय तहका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा उत्पादन भइरहेका बाली तथा पशु व्यवसायको प्राथमिकीकरण गरिएको उहाँले बताउनुभयो । बैठकले जिल्लाको स्थानीय तहबाट प्राप्त तथ्याङ्क र विवरणका आधारमा जिल्लामा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरेको छ । त्यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथौमा धान र पाँचौँमा अदुवा र बेसारखेतीलाई प्राथमिकीकरण गरिएको छ ।

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपरजोन) का रूपमा वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेको छ । बैठकले सोहीअनुसार सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस