विश्वकै सबैभन्दा कान्छी अर्बपति बाथरुमको फोटोका कारण ट्रोलको शिकार भइन्

काठमाडौं। काइली जेनर हलिउडको सबैभन्दा चर्चित जेनर कार्दाशियन परिवारकी सदस्य हुन् । काइली विश्वकै धनीमध्येकी एक हुन् । उनले कैयौं पटक फोर्ब्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा स्थान बनाइसकेकी छिन् ।

चर्चित हुँदाहुँदै उनलाई केही समस्या पनि छन् । विश्वभरका मानिसहरुको नजर उनीमाथि हुन्छ र उनका साना–साना कुराहरु पनि मानिसहरुले ध्यानपूर्वक हेरिरहेका हुन्छन् । सामाजिक संजालमा सक्रिय काइलीले आफ्नो घरका विभिन्न स्थानका फोटो पनि शेयर गर्छिन् र पछिल्लो समय यही कारण उनी समस्यामा परेकी छिन् ।

काइलीले हालै आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ । शावर खुला छ र त्यहाँबाट हल्का पानी बगिरहेको देखिन्छ ।

सामाजिक संजाल प्रयोगकर्ताले काइलीको शावरबाट बगिरहेको पानीको दबाब देखेपछि उनको खिल्ली उडाउन सुरु गरेका छन् । मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्सनमा पनि सामान्य मानिसको घरमा जस्तै पानीको दबाब हुने भन्दै उनलाई ट्रोल गरेका छन् । केहीले काइलीको बाथरुमको पानीको दबाब भन्दा आफ्नो घरको राम्रो भएको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस