छोराबाट गिफ्ट पाएको मोबाइलबाट लभ गरेर आमा पोइल हिँडेपछि…

काठमाडौ । आमालाई दिएको गिफ्टले नै छोरा, छोरीलाई एक्ल्याउला भन्ने कसले पो सोचेको हुन्छ । तर यस्तै भएको छ । भारतको उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग दोस्रो बिबाह गर्न पुगिन् ।

बेमेल उमेरको बिबाह भएपछि सबैतिर चर्चाको बिषय बन्यो । कुरा खुल्दै जाँदा उनीहरुको फोनबाट गहिरो प्रेम बसेपछि बिबाह गरेको खुल्न आएको छ । उक्त प्रेम बसाउने मोबाईल छोराले गिफ्ट दिएको र आमाले पहिलोपटक चलाएको खुल्न आएको हो ।

ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन् । छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो ।

५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् । गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए ।

पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो । ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ । ती युवक र महिलाको खोजी भैरहेको छ । तर फरार रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन्

प्रतिक्रिया दिनुहोस