जान्नुहोस् कुन रक्तसमुह भएका व्यक्तिमा कस्तो किसीमको क्षमता हुन्छ त ?

काठमाडौँ । मानिसमा विभिन्न किसिमका रक्त समूहरू हुन्छन् । ए पोजेटिभ, ए नेगेटिभ, बी पोजेटिभ, बी नेगेटीभ, एबी पोजेटिभ एबी नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटीभ । भनिन्छ यही रक्त समूहको आधारमा मानिसको प्रकृति र क्षमता पनि केही हद सम्म पत्ता लगाउन सकिन्छ ।

जुन व्यक्तिको रक्त समूह ए पोजेटिभ हुन्छ उनीहरूमा राम्रो नेतृत्व क्षमता हुन्छ । ए पोजेटिभ रक्त समूह भएका व्यक्तिले राम्रो नेतृत्व गर्न सक्छन् । उनीहरू सबलाई साथ र विश्वासमा लिएर हिड्ने कुरामा सफल हुन्छन् । यदि तपाईंको रक्त समूह ए पोजेटिभ छ भने तपाईं ए पोजेटिभ, ए नेगेटिभ, ओ पोजेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत लिन सक्नुहुन्छ ।

ए नेगेटिभ रक्त समूह हुने व्यक्तिहरू मेहनतीमा पर्न आउँछन् । यस्ता व्यक्तिहरू मेहनत गर्न डराउँदैनन् । यिनीहरू कठिन र लगातार काम गर्नलाई पनि पछि हट्दैनन् । यिनीहरू मेहनतको कुनै विकल्प हुँदैन भन्ने कुरामा विश्वास गर्छन् । जुन व्यक्तिको रक्त समूह ए नेगेटिभ छ त्यस्तो व्यक्तिलाई ए नेगेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत मात्रै दिन सकिन्छ ।

बी पोजेटिभ रक्त समूह भएका व्यक्तिहरूको मन अरू व्यक्तिको लागि नदी जस्तै तरल हुन्छ । यो रक्त समूह भएका व्यक्तिहरू अरूलाई मद्दत गर्न कहिल्यै पछि हट्दैनन् । यिनीहरू अरूको लागि आफ्नो बलिदान पनि दिन सक्छन् । यिनीहरूको लागि मानिससँगको सम्बन्धको धेरै महत्व हुन्छ । यिनीहरू सधैं अरूको लागि केही न केही गर्न चाहन्छन् ।

यो पनि पढ्नुहोस
झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र रुप

यस्ता बानीलाई नगर्नुहोस् वेवास्ता, नत्र हुनसक्छ परिवार वर्वाद

बी पोजेटिभ ब्लड ग्रुप हुनेलाई बी पोजेटिभ, बी नेगेटिभ , ओ पोजेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत दिन सकिन्छ । बी नेगेटिभ रक्त समूह भएकाको प्रवृति ठिक हुन्न भनिन्छ । यस्ता व्यक्तिहरू बढी स्वार्थी हुन्छन् भनिन्छ । यस्ता व्यक्तिहरू सहायता गर्न पनि पछि पर्छन् । यस्ता व्यक्तिहरूको दृष्टिकोण पनि नकारात्मक हुन्छ भनिन्छ ।

बी नेगेटिभ भएका व्यक्तिलाई बी नेगेटिभ र ओ नेगेटिभ रक्त समूह भएका व्यक्तिको रगत दिन सकिन्छ । एबी पोजेटिभ रक्त समूह वाला व्यक्तिलाई बुझ्न सजिलो हुँदैन । उनीहरू कुनबेला के सोच्छन् भन्ने कुरा कसैले पनि थाहा पाउन सक्तैन । किनभने उनको प्रकृति कहिले पनि एक किसिमको हुँदैन । एबी पोजेटिभ रक्त समूह युनिभर्सल रिसिभर हुन्छ । यसको मतलब उसलाई जुनसुकै रक्त समूहको रगत पनि दिन सकिन्छ ।

एबी नेगेटिभ रक्त समूह भएका व्यक्तिको दिमाग एकदमै तेजसँग चल्छ । यस्ता व्यक्तिहरू एकदमै बुद्धीमानी हुन्छन् । यिनीहरू कुनैपनि कुरा छिटो बुझ्ने गर्छन् । अन्य रक्त समूह भएका व्यक्तिको तुलनामा यिनीहरूको दिमागले सबै कुराहरू बुझ्छन् जुन अरुलाई बुझ्न कठिन हुन्छ । यस्ता व्यक्तिलाई एबी नेगेटिभ, बी नेगेटिभ र ओ नेगेटिभ रक्त समूहको रगत प्रवाह गर्न सकिन्छ ।

ओ पोजेटिभ रक्त समूहका व्यक्तिलाई यिनीहरूको जन्म नै अर्काको सेवाको लागि भएको हो भनिन्छ । यिनीहरू एकदमै सहयोगी हुन्छन् । कसैलाई मद्दत गर्नमा यिनीहरू कहिल्यै पछि हट्दैनन् । यिनीहरूले आफ्नो पूरा जीवन नै अरूको सहायतामा बिताउन सक्छन् । ओ पोजेटिभलाई युनिभर्सल डोनर मानिन्छ तर उनीहरू आफूले चाहिँ ओ नेगेटिभ र ओ पोजेटिभ मात्र लिन सक्छन् ।

ओ नेगेटिभ रक्त समूहका व्यक्तिको सोच एकदम संकीर्ण हुन्छ । यस्ता व्यक्तिहरू केवल आफ्नो बारेमा मात्र सोच्छन् । यिनीहरू संकीर्ण मानसिकता वाला हुन्छन् । यिनीहरू नयाँ विचारलाई सजिलै स्वीकार्न सक्तैनन् । ओ नेगेटिभ भएका व्यक्तिले केवल ओ नेगेटिभ रक्त समूहको रगत लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस