घर सबै चोरी सकेर जाने बेला चोरले ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखेपछि…

काठमाडौं। आफ्नो घरमा ताल्चा लगाएर गाउा जानु एक व्यापारीका लागि निकै महागो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाादा जाादै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।

घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहााका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महागा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।

’चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन्

प्रतिक्रिया दिनुहोस