एउटै मण्डपमा दुई प्रेमिकासंग चन्दुले गरे धुमधामसंग विवाह, गाउँले अचम्म

एजेन्सी । नेपालको कानुनमा एउटा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्नु गैरकानुनी मानिन्छ । अझै एउटै मण्डपमा दुई जनासंग विवाह गर्नु कल्पना बाहिरको कुरा हो । तर भारतको छत्तीसगढ़को बस्तरमा सम्पन्न भएको विवाहले सबैलाई अचम्मित तुल्याएको छ ।

यहाँ बस्ने चन्दु नामका एक युवकले आफ्नो दुई प्रेमिकालाई एउटै मण्डपममा विवाह गरेका छन्। यी युवक लामो समयदेखि आफ्ना दुवै प्रेमिकाका साथ सम्बन्धमा थिए। विवाह जनवरीमा भएको थियो, जसमा गाउँका धेरै व्यक्तिहरूले भाग लिएका थिए।

चन्दुले भने कि दुबै केटीहरू उनलाई धेरै माया गर्थे। त्यसैले ऊ कसैलाई धोका दिन चाहँदैनथ्यो। करीव तीन बर्ष पहिले उनी टोकपल क्षेत्रमा विद्युत खम्बा गाड्न गएका थिए । त्यहाँ उनले २१ बर्षीय सुन्दरी कश्यपलाई भेटे र दुवैले एक अर्कालाई प्रेम गरे। त्यसपछि फोनमा कुराकानी सुरु भयो, विवाहको योजनाहरू बनाइयो।

यस सम्बन्धको एक बर्ष पछि २० वर्षीया हसिना बघेल चन्दुको गाउँमा आफन्तको विवाहमा आएकी थिईन्। दुवैले एक अर्कालाई देखे र प्रेममा परे। यस पछि दुबैले एक अर्कालाई प्रेम व्यक्त गरे । तर चन्दुले आफु अरु कुनै युवतीसंग प्रेममा रहेको सुनाए । तर हसिनालाई यो कुरामा कुनै आपत्ती भएन । उनले चन्दुको प्रेमिकालाई पनि स्वीकार गरिन् ।

चन्दुले एक दिन हसिना र सुन्दरीलाई एक अर्कासँग परिचित गराए। दुवै जनाले एक अर्का प्रति कुनै आपत्ती जनाएनन् । तर जब सुन्दरीलाई थाहा भयो कि हसीना चन्दुसँग केही दिन देखि उनकै घरमा बस्न थालिन् । सुन्दरी पनि आफ्नो घर छोडेर चन्दुकै घरमा आएर बस्न थालिन् । त्यसबेलादेखि तीनै जना परिवार जस्तो भएर बस्न थालेका थिए ।

तीनै जना बिहे नगरी सँगै बस्न थाले पछि समाजमा प्रश्न उठाउन थालियो । त्यसपछि गाउँलेहरू भेला भए र तीन जनाकै एउटै मण्डपमा विवाह गरिदिए । विवाहमा ठूलो संख्यामा मानिसहरू आएका थिए र तिनीहरूलाई आशीर्वाद दिए।

यस विवाहमा हसिनाको परिवार सहभागी भए। तर सुन्दरीको घरबाट कोही आएनन्। सुन्दरीलाई लाग्छ कि उनको परिवारका सदस्यहरू पनि चाँडै यस विवाहलाई स्वीकार गर्नेछन् । यो कानुनी रुपमा मान्य छैनतर यस्तो विवाह आदिवासी संस्कृतिमा मान्यता छ।

प्रतिक्रिया दिनुहोस