ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे…

एजेन्सी– ग्रीसमा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको छ । ग्रीसको लेसबोस टापुको जंगलमा सडक निर्माणका लागि खन्ने क्रममा यति पुरानो रुखको जीवाश्म भेटिएको हो ।

यो रुख यति पुरोना हो कि यसमा हाम्रा बाँदर पुर्खाहरु खेल्दथे । यो जीवाश्म दुई करोड वर्ष पहिले जीवित रहेको रुखको हो ।ज्वालामुखीको लाभाले यो टापुलाई पुर्दा यो जीवाश्म जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।

लेसबोस जंगल संग्रहालयका प्राध्यापक निकोस जौरोस भन्छन्, ‘यो रुख हाँगाहरुसहित, अझ रुख जस्तै आकारमा भेटिनु ज्यादै महत्वपूर्ण हो । यो जंगलमा अहिलेसम्म यति पुरानो रुख नभेटिएको अवस्थामा यो भेटिनु अनौठो हो ।’

‘जहाँसम्म मलाई थाहा छ यति पुरानो रुखको जीवाश्म संसारमा जहाँ भेटिए पनि दुर्लभ हो ।’ उनी भन्छन् ।वैज्ञानिकहरुले करोडौँ वर्ष पुरानो रुखलाई जोडेर यसको प्रकार पत्ता लगाउने अपेक्षा गरेका छन् ।

यो पनिपढ़नु होस:हिन्दीमा एउटा भनाई छ, ‘ऊपरवाला जब भी देता है तो छप्पर फाड़कर देता है ।’यो भनाइ इण्डोनेशियामा भने साबित भएको छ । एक ब्यक्तिको छतबाट करोडौं बराबरको सामाग्री खसेको छ ।

इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो ।खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो । जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।

उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ ।जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस