कालो श’री’र र श’री’र भरि रौँ भएका कारण सन्नीलाई रहेछ बाल्यकालको नमिठो अनुभव, आफ्नो नमिठो अनुभव सुनाउंदै खोलिन बिगत…

सन्नी लियोन एकभारतीय-क्यानडियन चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् । उनीसँग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष अ’ श्ली’ ल कलाकारहरूमा मनोनित गरिएको थियो । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन्।

सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) ृ एक पहेली लिला (२०१५) मा अभिनय गरिन् । सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् ।

उनले अर्को टिभी कार्यक्रमस्प्लिट्सभिला मा पनि सञ्चालकको भूमिका निभाएकी छिन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् । सन् २०११ देखि अर्का अश्लील चलचित्र नायक लियोन ड्यानिल वेबरसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

यिनै चर्चित भारतीय कलाकार सन्‍नी लियोनले आफ्नो बाल्यकालको तितो अनुभवको बारेमा कुराकानी गरेकी छन्। उनको बाल्यकालको केही डरलाग्दो अनुभूति भारतीय सञ्चार माध्यममा प्रकाशन भएका छन्। उनले बाल्यकालमा आफ्नो रुपको कारणले ‘बुली’ हुने गरेको बताएकी छन्।

करणजीत कोरको रुपमा जन्म भएकी सन्‍नीको शिख परिवारमा हुर्काइ भयो। उनी क्यानडामा हुर्किएकी हुन्। उनी आफ्नो किशोर अवस्थामा अमेरिकामा बसाइ सरेकी हुन्।आफ्नो नमिठो अनुभूति सुनाउँदै उनले भनिन्, ‘मेरो छाला गोरो थियो। तर मेरो कपाल अनि श’रीरका रौँहरु काला थिए। मेरो हात, खुट्टा अनि पाखुरामा काला रौँ धेरै नै असहज देखिन्थे। म त्यो समयमा राम्रो कपडा पनि लगाउने थिइन। त्यसैको लागि मलाई जिस्काइन्थ्यो र त्यो नरमाइलो थियो।’

हिजोआज विक्रम भट्टको वेब सिरिज ‘अनामिका’ मा काम गरिरहेकी लियोनले आफूलाई त्यो जिस्काइले युवा अवस्थामा पनि पिरोलेको बताएकी छन्। उनले भनेकी छन्, ‘सायद मलाई केही कुराले जीवनभर सताउँछ पनि होला। ‘बुली’ चाँडै फैलन्छ। यदि कोही आफू त्यो समस्यामा परेको छ भने उसले अरुलाई त्यस्तो व्यवहार गर्दैन। त्यसैले जो जसले भोग्नु भएको छ, उहाँले समस्यामा पर्नेलाई साथ दिनुपर्छ ताकी दु:ख दिनेहरु रोकिऊन्। कहिलेकाहिँ यसले काम गर्छ।’

प्रतिक्रिया दिनुहोस