युवा अवस्थामा विछोडिएको प्रेम, छोराछोरीको बिहेमा सम्धि र सम्धिनी बन्नै लाग्दा भेटभएपछि…….

एजेन्सी । भारतको गुजरातस्थित सुरतमा छोराको बिहे चलिरहेकै बेला हुनेवाला बुहारीकी आमालाई छोरोको बाबुले भगाएका छन् । छोरीलाई अन्माएर पठाउने घरमा दुलहीकी आमा आफै हुनेवाला सम्धिसंग भागेकी छन् । यो खबर यतिबेला सोशल मिडियामा निकै नै भाइरल बनिरहेको छ ।

हुनेवाला दुहाला र दुलहीकी आमाबीच युवा अवस्था हुँदादेखि नै प्रेम सम्बन्ध थियो । आखिर माया त माया नै हो नि । एकअर्कासंग प्रेम गर्दागर्दै पनि उनीहरुको विबाह अर्कैसंग भएको हुनाले उनीहरुको प्रेम अधुरो नै भएको थियो । र त्यही अधुरो प्रेमलाई उनीहरु कुनैपनि हालतमा पूरा गर्न चाहान्थे ।

जब उनीहरुको अर्कैसंग बिहे भयो त्यसपछि उनीहरुले एकअर्कालाई कहिल्यै भेट्न पाएनन् । उनीहरुको भेट तब भयो जब उनीहरुको छोराछोरीको बिहेको कुरा चल्यो । सोही भेटमा नै उनीहरुले आफ्नो पुरानो दिनको सम्झना गरे र अन्ततः त्यही आफ्नो अधुरो प्रेमलाई पुरा गर्ने निर्णय गरेर बुढेसकालामा समाज, इज्जत र छोराछोरी कसैको पनि परवाह नगरीकनै एकअर्काको हात समातेर भागे ।

यो समयमा दुलाहाका बाबुको उमेर ४८ वर्षको छ भने दुलहीकी आमाको उमेर ४६ वर्ष को छ । छोराछोरीको बिहेको तयारी चलिरहंदा आमा बाबु नै भागेपछि छोराछोरीको बिहे रोकिएको छ । दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस