आज बुधबार पनि बढ्यो सुन र चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज ८७ हजार ५०० निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा आज ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।चाँदी पनि आज तोलामा २५ रूपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकोमा आज एक हजार ३१५ रूपैयाँ निर्धारण भएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपियाँले बढेर एक हजार ३१५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य एक हजार २९० रुपियाँ थियो । यता तेजावी सुनको मूल्य पनि प्रतितोला पाँच सय रुपियाँले नै बढेर ८७ हजार ५०० रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ८६ हजार पाँच सय ५० रुपियाँ थियो ।

प्रतिक्रिया दिनुहोस