बधाई ! जितेको पैसाले गाउँमा पक्की सडक बनाउने ‘बिग बोस सिजन १४’ की विजेता रुबीनाको घोषणा

काठमाडौं: बिग बोसु सिजन १४ को विजेता रुबीना दिलैक बनेकी छन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए ।

१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीनाले बिग बोस जित्न सफल भएकी हुन् ।खीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिकी थिइन् । अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् ।

शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो । शो २२ सदस्य बाट सुरु भएको थियो ।रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् ।

उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् । र उनले आफुले बिग बोसु सिजन १४ बाट जितेको पैसाले गाउँमा पक्की सडक बनाउने घोषणा गरेकी छिन् ।

उनले खुशीका साथ भनेकी छिन् । मलाई आमाले आफूले कमाएको पैसाको केही भाग समाज सेवामा लगाउन सिकाउनु भएको छ । त्यसै कारण मेरो गाउँमा पक्की सडक बनाउने र विद्युत जडान गररेर समाज सेवा गर्ने निर्णय गरेको छु ।

उनले आफुले ुबिग बोसु सिजन १४ को विजेता भएको मुल कारण मेरा फ्यान साथि भाइ रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस