सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – सुनचाँदीको मूल्य फेरि घटेको छ। फागुन २० गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ।यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ। बुधबार भने सुनको मूल्यमा बढोत्तरी भएको थियो। सो दिन सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ८७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ। अघिल्लो कारोबार दिन चाँदी २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस