किन हुन्छ महिनावारी गढबडि, कसरी पाउँने छुटकारा ?

काठमाडौं – सामान्यतय महिनावारी किशोरावस्थामा सुरु हुन्छ । धेरैजसो महिलाहरु शुरुवाती दिन देखि नै महिनावारीमा विभिन्न खाले समस्या भोगि रहेका हुन्छन् भने कोहि महिलाले प्रजनन उमेरको कुनै एक समयमा महिनावारी गढबडिको समस्या भोगेकै हुन्छन् ।

महिनावारी गढबडि भन्ने बित्तिकै उमेर समुह अनुसार विभाजन गर्नुपर्ने हुन्छ । जस अनुसार गढबडि हुने कारणहरु भिन्न भिन्नै छन् ।

महिनावारी भएको सुरुवाती चरण

समान्यतया धेरैजसो महिलाहरुको १३ बर्षमा महिनावारी सुरु हुन्छ । तर महिनावारी भएको केहि बर्षसम्म महिनावारी नियमित नहुने विभिन्न कारणमध्ये हर्मोनहरु असन्तुलन हुनु प्रमुख कारण हो । महिनावारी हुने हर्मोन दिमागबाट उत्पन्न हुन्छ । दिमाग देखि महिनावारी हुने ठाउँसम्म एक बाटो हुन्छ । कलिलो उमेरमा त्यो बाटो पनि कलिलो नै हुन्छ । त्यसैले महिनावारीमा गढबडि आउने गर्दछ । तर अन्य केहि समस्याबारे शंका उत्पन्न भएमा बिशेषसँग हर्मोन र रगत परिक्षण गराउनुपर्छ । कुनै समस्या पत्ता नलागे हत्तारिनु पर्दैन ।

विवाहित महिला

विवाहित महिला वा बच्चा नजन्माइसकेका महिलामा पनि महिनावारी गढवडि एक प्रमुख समस्याको रुपमा देखापरेको छ । यि महिलाहरुमा पनि हर्मोन सन्तुलित हुदा महिनावारी गढबडि हुने गर्दछ । हर्मोनल असन्तुलन थाइरोइडको समस्या र डिम्बाशयमा राम्रोसँग अण्डा नबनेका (पोलिसिस्टिक ओभरीयन डिजिज वा सिन्ड्रोम) कारण हुनसक्छ । डिम्बाशयमा राम्रोसँग अण्डा नबनेमा महिनावारी भएको १४ दिन पछि निस्कनुपर्ने अण्डा (ओभलुसन) निस्कदैन । त्यसपछि विभिन्न मसिनो अण्डा बनेर बस्ने भएकाले महिनावारी समयमा नहुने र बाझोपना हुने गर्दछ ।

महिनावारी सुक्नु अघिको समय

उमेर बढिसकेपछि पनि महिनावारी गढबडि भएमा हर्मोन परिक्षण लगायत पाठेघर वा डिम्बाशयमा ट्युमर छ कि भनेर परिक्षण गर्नुपर्छ । त्यसपछि मात्र समस्या पत्ता लगाउन सकिन्छ ।

कस्तो महिनावारीलाई सामान्य नमान्ने

२१ दिनभन्दा कम समय र ३५ दिन भन्दा माथी महिनावारी भएमा त्यसलाई महिनावारी गढबडि भएको मानिन्छ । साथै एक पटक महिनावारी हुदाँ लगभग ४० एम।एल रगत बग्छ ।

दिनमा ४ ओटा प्याड भन्दा धेरै परिर्बतन गनुपर्नै

रगत चोक्टा चोक्टा भएर गएमा

महिनावारी समयमा भएपनि ७ दिन भन्दा माथी रगत बगिरहेमा

महिनावारी समयमा भएर केहि थोपा मात्र देखा परेमा

रगत खुल्ला भएर नगएमा

कालो ढिक्का वा बढि चोक्टा गएमा

पेट बेस्सरी दुख्नु

परिवार नियोजनको अस्थाई साधनले महिनावारीमा पार्ने प्रभाव

परिवार नियोजनको अस्थाई साधनमध्ये कपर टि, नरप्लान्ट र डिपो सुईले महिनावारी गढबडि गराउँछ । यि साधनहरुको सकारात्मक सँगै नकारात्मक असरहरु पनि छन् ।

डिपो सुइ लगाउँदा असामान्य रुपमा लामो समय रगत बग्ने समस्या उत्पन्न हुन सक्छ । जसमा कारण रक्तअल्पता हुनसक्छ ।डिपोले मोटोपना गराउँछ । त्यसैले तौल नियन्त्रणमा भएका र परिवार पुर्ण भएका महिलाहरुले डिपो सुई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसरी पाउँने छुटकारा

जुन महिलाको सुरुवाती चरण देखि नै महिनावारी गढबडि भएमा हर्मोन चक्कि खानुपर्ने सकिन्छ ।

बिशेषगरी थाइरोइड समस्या र पोलीसिस्टिक ओभरीयन सिंड्रोम (पिसिओएस्) भएका महिलाहरुको पनि समयमा महिनावारी हुदैँन । त्यसमा हर्मौनको प्रयोगले महिनावारीलाई नियमित गराउन सकिन्छ ।

विवाहित महिलाहरुमा समयमा नै नियमित महिनावारी नभए बाझोपनाको समस्या हुनसक्छ । समयमा महिनावारी नभए समयमा ओभलुसन वा डिम्बाशयबाट अण्डा निस्कदैन ।

महिनावारीको सुरुवाती चरणमा गढबडि भए हतारिनु पर्दैन । कलिलो उमेरमा कलिलो बाटो हुने भएकाले महिनावारी गढवडि हुन्छ । यदि परिक्षण गराउँदा केहि समस्या देखिएन भने हतारिएर जथाभावि औषधि खानु हुदैन । उनिहरुलाई स्वस्थ्यकर र सन्तुलित खानेकुरा दिनुपर्छ । अहिलेको बदलिलो खानपान र जंग फुडले पनि महिनावारीमा गढबडि गराई रहेको छ । साथै बढि तनाव लग्ने महिलामा पनि यस्ता समस्या देखिन्छ ।

प्रतिक्रिया दिनुहोस