जापानीहरुको अनौठो काइदा : आफ्ना कुरा सुनाउन भाडाका मानिस

जग्गाजमिन, घर, कोठा तथा गाडी भाडामा लिने कुरा विश्वभर सामान्य हो । तर जापानमा धेरै अनौठा कुराहरु जुन असामान्य लाग्छन् ति भाडामा लिन पाइन्छ ।

१. घरपालुवा जनावर

अधिकांश राष्ट्रमा त्यहाँका क्याफेमा बसेर कफीको मज्जासँगै खरायो,उल्लु,विरालो लगाएतका घरपालुवा जनावरलाई खेलाउन पाइने व्यवस्था छ । जापानमा पनि यस्तो किसिमको सुविधा दिने क्याफेहरु धैरै नै छन् र अझ यो अनुभवलाई लम्ब्याउन चाहनेहरुका लागि घरपालुवा जनावर भाडामा लिन पाउने व्यवस्था पनि रहेको छ । कुकुर तथा विरालो भाडामा लिन पाइने सेवा पहिलेदेखि नै चलेको जापानमा २०१६ देखि एउटा कम्पनीले बाख्रा भाडामा लिन पाइने सेवा पनि सुरु गरेको छ ।

२. टापू

सुन्दा अचम्म लाग्न सक्ला तर हो जापानमा टापू पनि भाडा लिन पाइन्छ । कानागावस्थित सारुसिमा टापू पर्यटकको आगमन सुस्ताएको बेला त्यसको भर्पाइ गर्न जाडो महिनामा भाडामा दिने गरिएको छ ।

३. वार्डरोव

जापानमा तपाई कपडामात्र हैन सिंगै दराज नै भाडामा लिन सक्नुहुन्छ । त्यसमा भएको सम्पूर्ण कुरा नै भाडामा दिन र लिन पाइन्छ । टोकियोमा रहेको ‘एयर कुलेस्ट जापान’ तीब्र रुपमा बढिरहेको फेसन रेन्टल सर्भिस हो । यसले सानो प्रयाशमा महिलाहरुलाई स्टाइलिस बनाउने कार्य गरिरहेको छ । उसको ‘लगाउ र फिर्ता गर’ नामको नवप्रवर्तन मोडलले महिलाहरुलाई फेशनेवल बनाउने कुरामा सहयोग गरिरहेको छ ।

४. क्रिसमस ट्री

क्रिसमस ट्री, उपहार र स्यान्टाको लुगाले नै क्रिसमसको बास्तविक अर्थ दिन्छ । सजिएको ट्री नै भाडामा पाइयो भने त झन के चाहियो र ? यसलाई आफ्नो कार्यालयमा, घरको बगैचामा राखेर विदा मनाउन सकिन्छ । क्रिसमस सकिएपछि यो ट्रीलाई के गर्ने होला भन्ने कुराको तनाव पनि हुँदैन ।

५. अधवैंसै पुरुष

जपानमा ४५ देखि ५५ बर्ष उमेर समूहका व्यक्ति भाडामा लिन पाइने व्यवस्था छ । यस्ता व्यक्ति एक घण्टामा भाडामा लिँदा सरदर १ हजार येन तिर्नुपर्छ । यस्ता व्यक्तिलाई ओस्शान भनिन्छ । ओस्शान भाडामा लिन ुपछाडि हरेक ग्राहकको आ–आफ्नै उदेश्य हुन्छ । अधवैंशे मानिसले कसैले बोलेको राम्रोसँग सुनिदिने भएकाले उनीहरुलाई भाडामा लिने गरेको अधिकांश ग्राहक बताउँछन् । अधवैंसे पुरुष मात्र हैन कुराकानी गरेर समय विताउनका लागि महिलासमेत भाडामा लिन पाइने गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्राथमिकताका साथ खबरहरु छापेका थिए ।

प्रतिक्रिया दिनुहोस