एकै परिवारका ५ जनाको मृत्यु, बिमान उड्नु अगाडी खिचेको तस्बिरले संसार रुवायो

काठमाडौं। इण्डोनेशियामा श्रीविजय एयरको विमान दुर्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद नियतिको खुलासा गरेको छ । उनीहरुलाई नियतिले तानेर मृत्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएपछि

उनीहरुको दुखद नियतिको खुलासा भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए । इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे ।

डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए ।‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इरफान्स्याहले संवाददाताहरुसँग भने ।

उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए ।

‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो’ इरफान्स्याहले भने ।

प्रतिक्रिया दिनुहोस