जसले गरिन् कोबरा साँपसँग भब्यरुपमा बिहे, पति साँपलाई भेट्न रच्छिन् यस्तो उपाय

एजेन्सी । रोचक विचित्रका खबरका लागी भारत विश्वमा नै शीर्ष स्थनमा आउने गरेको छ । यसैबिच भारतकी बिमबाला दास नाम गरेकी महिलाले भब्य रुपमा गरेको बिहे अहिले पनि चर्चामा छ ।

सन् २००६ मा कोबरा साँप सँग विवाह गरेपछि उनी समाचारमा ब्यापक रुपमा छाइन् ।३० वर्षीया बिमबलाले भव्य समारोहबीच विवाह गरेपनि आँफु सन्तुष्ट रहेको भन्ने खबर उनको बिहेपछि वर्षमा पनि समाचारमा आइरह्यो ।

तर पछिल्लो समय उनले पतिलाई भेट्न रचेको जुक्तिपछि पनि चर्चामा छाएकी छिन् । बिमबालाले आफ्ना पति कोबरा साँपलाई भेट्नु परे साँपको दुलो अगाडि दुध राखेपछि मात्रै भेट हुने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।

यो पनिपढ़नु होस:वीरगन्ज । बाराको महागढीमाई नगरपालिका-१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध-विच्छेद) दिएका छन्।

बारामा यस्तो घटना, विवाह सम्पन्न भइसकेपछि दुलाहले दुलही लिन नमान्दा
भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध-विच्छेद) गरेका थिए । मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ।

दुलाहासहित जन्ती गाउँलेको कब्जामा
विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् । केटी आफूलाई मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ । जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।

केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् । बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए । ‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् । मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने, ‘उजुरी नआएपछि कारबाही गर्ने कुरा पनि भएन ।’ उनले स्थानीय प्रहरी चौकीलाई गाउँमा झैझगडा हुन नदिनु भनेर आफूले निर्देशन दिएको बताए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस