३० जनाको हत्या गरेर मासु नै खाएको यो जोडीको कोठाबाट आठ शव फेला, मानव मासुलाई फ्रिजमा राखेर खाने गरेको खुलासा

एजेन्सी । के मानिसले मानिसको मासु खान सक्छ ? के यो कुरा सम्भव छ ? रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई ३० जनाको हत्या गरेर मासु पकाएर खाएको आरोपमा पक्राउ गरेको छ । रुसको क्रासनोदर सिटिमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेव र उनकी नर्स श्रीमती नतालियालाई पक्राउ गरेको छ ।

यो जोडीले विगत १८ वर्षदेखि ३० जनाको हत्या गरेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ । अनुसन्धानमा खटीएको प्रहरीका अनुसार यो जोडीले मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजरमा राख्ने गरेको र उक्त मासुको अचार पनि बनाउने गरेको खुलासा भएको छ ।

उनीहरुले घरमा नै एउटा भण्डार बनाएका थिए जहाँ उनीहरु आफ्ना शिकारीको शरिरको टुक्रा राख्थे र उनीहरुसँग सेल्फी पनि खिच्थे । उक्त भण्डारबाट १९ वटा छाला पनि बरामद गरिएको छ । उनीहरुले हत्या गरिएका ब्यक्तिको शवबाट छाला निकाल्ने गरेको रहस्य समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस