यि महिलालाई भयो विश्वकै दुलर्भ घटना, गर्भमा थियो जुम्ल्याहा बच्चा त्यस पछि फेरी यस्तो चमत्कार

एजेन्सी । एक महिला माथि निकै दुर्लभ घटना भएको छ । अमेरिकाकी एक महिलाले जुम्ल्याहा बच्चा गर्भधारण भएको ११ दिन पछि, उनको गर्भमा फेरी अर्को गर्भ पनि थपिएको थाहा भएको छ । टिक्टकमा धेरै लोकप्रिय यस महिलाले यस सोशल मिडिया प्लेटफर्ममा मानिसहरूलाई यसका बारे जानकारी दिएका छन र उनको यो भिडियो पनि धेरै भाइरल भइरहेको छ।

यस महिलाले आफ्नो भिडियोमा भनिन् कि यो सुपर फिक्शनको घटना हो। २०१६ को रिपोर्टमा यस्तो घटना दर्ता भएको थियो । यस्तो सुपर फिक्शन संसारमा निकै कम हुन्छ । यस अवधारणाको कारण, यस महिलाले केही दिनको अन्तरमा अवधिमा दोस्रो पटक गर्भवती बन्न सकेकी छिन्। मेरो जिवनमा चमत्कार भयो मेरो पहिलो गर्भावस्थामा २ शिशु प्राप्त गरेँ तर अर्को बच्चा पनि संगै आउँदैछ । यो मेरो पहिलो र अन्तिम गर्भावस्था हो।

टिकटकमा अत्यधिक भाइरल क्लिपमा, यस महिलाले भनिन् कि मेरो तेस्रो बच्चा पहिलो दुई भन्दा १० वा ११ दिन कान्छो छ। यो मेरो दोस्रो गर्भावस्था हुन गइरहेको छ । यो चमत्कार पछि अहिले उनी चिकित्सकको निगरानीमा छन् । उनलाई सातामा दुई पटक चिकित्कस चेकजाँचको लागि घरमै आउँछन् । सातामा दुई पटक उनको अल्ट्रासाउण्ड पनि हुने गरेको छ ।

अहिले सम्म उनका तीनवटै शिशु गर्भमा राम्रोसंग हुर्किरहेको चिकित्सकले बताएका छन् । यि महिलाको नाम ब्लाण्ड बनी हो । उनलाई टिकटक फलोअर्सहरुले म्यूजिक आर्टिस्ट ब्रिटनी स्पीयर्ससंग तुलना गर्छन । टिकटकमा उनका ५० लाख फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस