जव चिकित्सकले ३० वर्षका योगेशको पेटमा फलामका टुक्रा र किलाको थुप्रो देखे

एजेन्सी । भारतको एक गाउँमा अनौठो घटना भएको छ । भारतमा रहेको एउटा अस्पतालमा डाक्टरले बिरामी योगेशको पेटको एक्सरे गराए । त्यसपछि अपरेशन गर्नुपर्ने आवश्यक देखियो । अपरेशन गर्ने क्रममा योगेशको पेटबाट विभिन्न फलामका टुक्रा किला जस्ता ३३ प्रकारका अखाध्य पदार्थ निकालियो । परिवारको भनाइ अनुसार योगेशको टाउको दुखिरहने समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको जे पायो त्यही उठाएर खाने नराम्रो बानी थियो । त्यसरीले उनको पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो । अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् ।

योगशकी आमा सुष्मा यादबले भनिन्, अपरेरशनपछि छोरा योगेशलाई भेटे । उनी पूरै ठीक अवस्थामा देखे । हामी कसैलाई थाहा भएन, उनले फलामको किला खान्छन् भनेर ।’ डाक्टर एमपीएन खरेले भने, ‘अपरेशन गर्न निकै मुश्किल थियो, तर अफल भयो । योगेशको पेटबाट सबै ती चिजहरु निकालियो । एक–दुई दिन पश्चात उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस