पाँचतारे होटलमा अर्डर गरे केरा, बिल देखेपछि यी नायकको उड्यो होस्

एजेन्सी । हामीले विलासी होटलका मोटो बिलबारे त सुनेको वा भोगेका छौं होला । तर बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबैजना चकित छन् । उनले एक पाँचतारे होटलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु । राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको बसेको जानकारी दिए ।

भिडियो पोष्ट गर्र्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ रु जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् ।’ भिडियोमा राहुलले आफू जिममा वर्कआउट गरिरहेको र यतिबेला उनले दुईवटा केरा अर्डर गरेका थिए । उनले अर्डर गरेको कुरा त कोठामा आइपुग्यो तर केरासँगै जुन बिल आयो त्यो हैरान गरिदिने किसिमको थियो ।

राहुलको यो भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताले विलासी होटलको मनपरी मूल्यमाथि प्रश्न उठाइरहेका छन् । सियाक्सकेप नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘मलाई थाहा थिएन कि सेलिब्रिटी ट्याग यो मूल्यसहित आउँछ ।’ यस्तै, असिम यादवले लेखे, ‘यदि तपाईंले बनाना शेक मगाउनुभएको भए त यसको मूल्य नयाँ सार्वजनिक भएको आइफोनको मूल्य बराबर हुन्थ्यो ।’

वरुण अत्रीले लेखे, ‘प्रश्न यो छ कि के उनीहरुले अष्ट्रेलियाबाट केरा निर्यात गरेका थिए ।’ ऋषिकेशले लेखे, ‘तपाईंले यो भिडियो सेयर गरेर राम्रो गर्नुभयो । कम्तिमा हामीलाई यो थाहा भयो कि भविष्यमा हामी कहाँ नजाने

प्रतिक्रिया दिनुहोस