बुढो विदेशमा, बुढी जंगलमा यस्तो अवस्थामा भेटिइन्, यसरी चल्दो रहेछ परिवार (भिडियोसहित)

लमजुङ । युवाहरु पलायन नभएको कुनै गाउँ छैन । पुरुषहरु घर परिवार छोडी रोजगारीका लागि वैदेशिक रोजगारीमा भासिएका छन् । गाउँमा वृद्ध वृद्धा, महिला र बालबालिका धेरै भेटिन्छन् ।

यस्तोमा गाउँका घरमा महिलाकै नेतृत्व हुन्छ । घर चलाउनुपर्ने बाध्यताका कारण महिलाहरु कुटोकोदालोका साथै जंगल समेत धाउनुपर्ने बाध्यतामा हुन्छन् ।लमजुङको बेसीशहर नपा–६ बिम्दावेशीका स्थानीय महिलाहरुको दैनिकी पनि यस्तै छ । घलेगाउँबाट फर्किनेक्रममा बिम्दावेशीका कल्पना गुरुङ, निर्मला अधिकारी गुरुङ र सुमित्रा गुरुङ दाउरा बटुल्दै गर्दा जंगलमा भेटिइन् ।

उनीहरु सुकेका, रुखबाट झरेका दाउरा समेल्दै थिए भने कोही भारी मिलाउँदै थिए । उनीहरुसँगको कुराकानीका क्रममा थाहा भयो निर्मलाका श्रीमान र कल्पनाका छोरा वैदेशिक रोजगारीमा गएका रहेछन् । श्रीमान र छोराहरुको आम्दानी बचत गर्न उनीहरु घर खर्च धान्न दाउरा बटुल्न जाँदा रहेछन् । दाउराको भारी बोकेर घर फर्किन लागेका उनीहरुसँग हामीले लामो गरेका छौं । भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस