मोजामा कागती राखेर सुत्नुस्ः पाउनु हुने छ यस्ता चमत्कारी फाइदा

यस्तोमा तपाई फाटेको पैतला बचाउन विभिन्न उपाय अपनाउनुहुन्छ । तर, सबै उपायले पनि कुनै असर गरेन भने एकपटक अपनाउनुस् यो उपाय । कहिले निराश हुनु हुनेछैन् । गर्मी सुरु हुनेवित्तिकै खुट्टा रुखो हुन र पैतला फाट्न सुरु हुन्छ । सबै तरिकाका क्रिम, ढुंगामा खुट्टा घिसार्नु तथा अन्य सबै उपायले खासै काम गर्दैन् । तर, निराश हुनुपर्दैन् । यस्तो अवस्थामा कागतीको रामबाण उपाय अपनाउनुस् । यसबाट तपाईको खुट्टा र पैतला नरम रहनेछ र सुन्दर र कोमल देखिनेछ ।

मोजामा कागती राखेर सुत्नुस्ः यसका लागि तपाईले राति काटेको आधा भाग कागती मोजामा राखेर सुत्नुपर्छ । यसले रातभर तपाईको पैतला माश्वराइज हुनेछ जसबाट गर्मीमा पैतला फाट्ने समस्या हुनेछैन् छुटकारा मिल्नेछ ।

यसरी गर्नुस् कागतीको प्रयोग: सकिन्छ भने कागतीलाई पुरै खुट्टामा र तलवों (खुट्टाको तलतिरको भाग)सम्म घिसार्नुस् । फेरि बचेको कागतीबाट पुरै पैतला कभर गर्नुस् । (जसमा रस बाँकी छ) ठूलो आकारको कागती लिनुस् जसले पुरै पैतला कभर गरोस् । अब मोजा लगाउनुस् ।

मोजामा कागतीलाई एकदेखि दुई घण्टासम्म राख्न सक्नुहुन्छ । राम्रो परिणामका लागि पुरै कागतीलाई खुट्टामा राख्नुस् । सुरुआतको दिनहरुमा तपाईले तपाईको खुट्टा र पैतला देखेर हैरान हुनुहुनेछ ।

कागतीको रस केमिकल पीलिंग जस्तैगरी काम गर्छ जो पैतला फाटेको र ड्राइ स्कीन (सुक्का छाला) उतारेर नयाँ स्कीन ल्याउनमा मद्दत गर्छ । साथै नयाँ स्कीनलाई नरम र कोमल बनाएर राख्छ । यसको परिणाम दोस्रो दिनबाट नै देखिन सुरु हुन्छ ।

मोजामा कागती राख्नुका फाइदाः फाटेको पैतला ठिक हुन्छ । खुट्टाको ड्राइनेस (सुक्कापन) दूर राख्छ । पैतला फाट्नबाट बचाउँछ । तलबों (खुट्टाको मुनीको भाग) मुलायम राख्छ । खुट्टालाई सफा राख्छ । खुट्टालाई गोरो बनाउँछ । खुट्टालाई माश्राइज गर्छ ।

प्रतिक्रिया दिनुहोस