पैदलै घर जाने क्रममा ३०० किलोमिटर हिँडिसकेकी गंगाले भोक सहन सकिनन्, भयो वाटोमै निधन

एजेन्सी। विश्वव्यापी फैलिएको कोरोनाका कारण भारतमा पनि लकडाउन गरिएको छ । सबै नागरिकलाई घर भित्रै बस्न भनिएको छ । त्यसैले सार्वजनिक सवारी साधन चलेका छैनन् । तर भाडामा बसेका विद्यार्थी र मजदुरका लागि भने लामो समयको लकडाउनले निकै अप्ठेरो भोग्नु परेको छ । जसका कारण भारतमा पनि नेपालमा जस्तै लामो दुरीका यात्रामा पैदलै निस्किएका छन् ।

यसैगरी भारतको कर्नाटकको बेल्लारीमा एक महिला म’जदूरको भोकका कारण सडकमै मृ’त्यु भएको छ । लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् ।

खाली खुट्टा भो’कप्यास सहँदै हिँडेकी उनको बाटैमा मृ’त्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । लकडाउनपछि मजदूरी गर्न नपाएर उनी लगायतका म’जदूरहरू बेंगलुरु छोड्न बा’ध्य भए।

कसैले पनि उनीहरुलाई गाडीमा राखेर लान मानेन । उनीहरु एउटा ट्य्राक्टर चढेका थिए तर त्यसलाई पनि तुमकुरुमा रोकियो । भारतको सर्वोच्च अदालत र केन्द्र सरकारले बारम्बार राज्य सरकारहरूलाई प्रवासी श्रमिकको भोजन र आश्रयको प्रबन्ध मिलाउन भनिरहेको छ। अनि म’जदूरहरूलाई जहाँ बसेको हो, त्यहीँ रहन भनेको छ ।

गंगाम्माका पति एच मल्लिकार्जुनले बेल्लारी आश्रयस्थलमा भोकमरी र उपेक्षाका कारण पत्नीको ज्या’न ग’एको आ’रोप लगाए । त्यहाँका कर्मचारीले बेवास्ता गर्दा गंगाम्माको ज्या’न गएको उनले बताए । उता विजयनगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरूले गंगाम्मा मिर्गौला रो’गबाट पी’डित रहेको र उनलाई हेपाटाइटिस बी पनि रहेको र त्यसैले गर्दा उनको मृ’त्यु भएको बताएका छन् । मुख्यमन्त्री बीएस येदुरप्पाले गंगाम्माको मृ’त्युप्रति शो’क व्यक्त गर्दै घट’नाको छानबिन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस