श्रीमतीको अन्तै लसपस बढेपछि श्रीमान् डिप्रेसनमा, डाक्टरकोमा जाँदा डाक्टर नै श्रीमतीका प्रेमी निस्किए

श्रीमतीको घर बाहिर अन्य पुरुषसँग लसपस बढेपछि एक ब्यक्ति डिप्रेसनमा गएका छन् । ती ब्यक्तिको आनीबानी स्वभावमा परिवर्तन भएपछि श्रीमतिले उनलाई डाक्टर भेट्न सल्लाह दिन्छिन् । समस्या लिएर ती ब्यक्ति जुन डाक्टरकहाँ गए, त्यही डाक्टर नै श्रीमतिको प्रेमी निस्केपछि उनी थप समस्यामा परेका छन् ।

अमेरिकाको ओरेगनका ती व्यक्तिले अहिले ती डाक्टरसँग झण्डै २० लाख डलर क्षतिपूर्ति माग्दै अदालतमा मु द्दा हालि दिएका छन् । पिर्सन टोन नामका ४७ वर्षका ती व्यक्तिले डा। रोनाल्ड रोसेनविरुद्ध ‘व्यवसायिक लापरवाही’को आरोप लगाएका हुन् ।

टोनका अनुसार उनी, उनकी श्रीमती र उनका दुई छोराछोरी डा। रोसेनका बिरामीहरु थिए । २०१५ देखि २०१८ सम्म उनीहरुको स्वास्थ्य जाँच डा। रोसेनले नै गर्थे । यही अवधिमा डा रोसेनको टोनकी श्रमितीसँग लसपस सुरु भयो ।

श्रीमतीको यस्तो कदमका कारण टोन डिप्रेसनमा गए र नोभेम्बर २०१८ मा उपचारको लागि डा। रोसेनकहाँ नै गए ।

डा। रोसेनले टोनलाई गाँ जा खान सिफारिस गरे र श्रमितीसँग ब्यवहार कसरी सुमधुर बनाउने भन्ने विषयमा काउन्सिलिङको लागि समेत बोलाए ।

डाक्टरको समय लिएर घर गइसकेपछि कुराकानीको क्रममा टोनकी श्रमितीले आफ्नो ती डाक्टरसँग केही समयदेखि लसपस भएको खुलासा गरिन् । टोन र उनकी श्रमितीको ब्यवहार झनै बिग्रियो र अन्ततः उनीहरुले २०१९ मा डिभोर्स गरे ।

रोसेनका कारण टोनले मानसिक र भावनात्मक तनावका साथै सामाजिक रुपमा समस्याको सामना गर्नुपरेको र उनको वैवाहिक सम्बन्ध समेत बिग्रिएको अदालतमा दायर गरिएको अभियोग पत्रमा जनाइएको छ

प्रतिक्रिया दिनुहोस