महिलाले छोरालाई आरोप लगाउने कारण यस्तो रहेछ, पहिलो पटक खोले यथार्थ ! (भिडियो)

१४ वर्षको किशोरलाई आफ्नै काकी (आन्टी)ले अनैतिक आरोप लगाएपछि अहिले ति किशोर कानुनी कारवाहीमा जाने भएका छन् । काकी (आन्टी) ले पहिले देखि नै घरमा दुस्मनी बनाएर मात्र यो घरवाट जान्छु भनेर भनेर ध म्की दिने गरेको किशोरले बताएका छन्। काकी बारम्बार घर छोडेर वाहिर जाने गरेको उनले बताएका छन् । असोज कात्तिक महिना देखि नै उनको आन्टी बाहिर बस्न थालेको र मंसिर महिना पछि उनी एक पटक काठमाडौ गएको पनि आफुले थाहा पाएको बताएका छन्।

काठमाडौवाट आएर उनी चैतमा घर आएपछि दुई छोरी लिएर माइत गएको र अहिले छोरा समेत जन्माएर आएर आफुलाई दोश दिएको बताएका छन् । १४ वर्ष अघि विवाह गरेर त्यो घरमा आएकी महिलाले यो घरवाट जानु परेको दिन म यो घरमा हंगामा गरेर जान्छु भनेर भन्ने गरेकी थिइन्, ति किशोरले भनेका छन्, आन्टीले जे भन्नु भएको थियो त्यही गर्नुभयो?उनले आफुलाई जन्मदिएको आमा बराबर आन्टीलाई मान्ने गरेको बताएका छन् । मैले सम्बोधन पनि आन्टी भन्दा अरु केही गरेको छैन ।

म कहिल्यै आन्टीलाई नराम्रो समेत बोलेको छैन । सँधै आन्टी भनेर बोलाउँछु आमा जस्तो मान्छेलाई मैले कहाँ त्यस्तो गर्न सक्छु । केही समय अघि यि महिलाले आफ्नो बहिनीसंग सम्बन्ध राखेको भनेर श्रीमानलाई प्रहरी कार्यालय लगेकी थिइन् । श्रीमानले सालीलाई आँखा लगाए भन्दै ४० हजार रुपैया पनि तिराएकी थिइन् । त्यो घटना पछि उनको श्रीमतीसंग मनमुटाव भएको थियो।

उनी आन्टी माइत गएको बेलामा पटक पटक आन्टीको माइतमै भेट्न जाँदा पनि आफुलाई कसैले केही नभनेको बताएका छन् । मैले त्यस्तो गल्ती गरेको भए आन्टीकै माइतमा म भेट्न जाँदा माइतीका आमाबुवाले पनि केही भन्नुपर्ने, आन्टीले पनि केही भन्नुभएन, उनले भने अहिले एक्कासी आएर यस्तो आरोप किन लगाउनुभएको छ मैले बुझेको छैन । उनले आफु निर्दोश सावित हुन उनले अब कानुनी प्रकृयामा जाने बताएका छन् । आन्टीले मलाई नभएको आरोप लगाउनुभएको छ अब म कानुनी उपचारमा जान्छु, म माथि लागेको आरोप त स्पष्ट त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस