चैत १ गते आईतबारको हेर्नुहोस तपाईको राशिफल कस्तो छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्ने छन् । खुसीको समाचार सुन्न पाइनेछ । नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । तपाईंको विचारलाई धेरैले मन पराउने छन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ । सञ्चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुनुका साथै रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । ब्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ । नयाँ कार्य योजना बन्ने र नयाँ कामको सुरुवात समेत हुनेछ । काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते
बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ । वैदेशिक व्यापार सन्तोषजनक रहने छ । खर्च बढ्ने र कामकाजमा अबरोध हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाई अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला । महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनको लाभ हुनेछ । पढाइमा रूचि बढ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । नोकरी प्राप्त हुने सम्भावना छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योग तर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । चोट पटकको योग देखिएकाले सवारी साधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ, गोपनीयतामा ध्यान दिनुहोला ।

प्रतिक्रिया दिनुहोस