श्रीदेवीकी छोरी जान्ह्वी कपुरमा अचानक चढेपछि………..

भूत भन्ने बित्तिकै सबैलाई डर नै लाग्ने गर्छ । सानो होस् या ठूलो भूतको नामबाट डराउँछन् भन्ने कुरा सबैलाई थाहा नै छ । रिलमा देखिने भूतको अवतारले पनि मान्छेलाई उत्तिकै डर दिन्छ जति रियल लाईफमा कुरा गरिने भूत किन नहोस् । जब कि सबैलाई थाहा भएकै कुरा हो ।

रिलमा देखिने भूतलाई मेकअपले बनाईएको हुन्छ । तरपनि जब पर्दामा देखिन्छ तब त्यो सबै मेकअप नै हो भन्ने जान्दाजान्दै पनि डर लाग्छ । बलिउड अभिनेत्री जाह्नवी कपूर पनि यस्तै डराउने लुक्समा फिल्म ‘रुही’मार्फत दर्शकमाझ आउदैछिन् । फिल्ममा शरीरमा आत्मा बसेको एक युवतीको भूमिकामा जाह्नवी देखिँदैछिन् ।

आजतकमा प्रकाशित समाचारअनुसार जाह्नवीले प्रोस्थेटिक्स मेकअपको प्रयोग गरेकी छन् । फिल्ममा सुपर नेचुरल पावर देखाउनका लागि भीएफएक्सको पनि प्रयोग गरिएको छ ।

फिल्मका निर्देशक हार्दिक मेहताले प्रोस्थेटिक्सपछि दृश्य सुट गर्नका लािग घण्टौ पर्खनु परेको खुलाए । ‘जाह्नवीको लुक्स पास गर्नका लागि उनले १० लुकको टेस्ट दिएकी थिइन्’, हार्दिकले भनेका छन् ।

हार्दिकका अनुसार जाह्नवीले चुँ डे ल जस्तै शारीरिक हाउभाउ र आवाज फिल्ममा देखाएकी छन् । गत सोमबारमात्र जाह्नवी र राजकुमार रावले फिल्मको विशेष शो राखेका थिए । यो शोमा फिल्मको कलाकार तथा प्राविधिकसहित केही विशेष पाहुना बोलाइएको थियो । फिल्म हेर्न जाह्नवीले आफ्नो सहायकको परिवारलाई पनि बोलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस