केकी अधिकारीको नयाँ ‘लुक्स’

नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौरिएको बारेमा भने उनले केही बताएकी छैनन् ।२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक

‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।उक्त फिल्मको क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ ।हेरौं तस्विरहरु

अभिनेत्री मनिषा कोइराला गायनमा, ‘महामृत्युञ्जय मन्त्र’ रिलिज
बलिउड अभिनेत्री तथा लेखक मनिषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छन् ।महामृत्युंजयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् ।

यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र बिकास सिंहको गितार हामीले महामृत्युंजयमा सुन्न सक्छौँ ।मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन । ‘यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौँ ।’ मनिषाले भनिन ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् । भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् ।दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।


प्रतिक्रिया दिनुहोस