३६ अर्बको युरेनियम पक्राउ भन्दै हल्ला गरिएको पदार्थ यस्तो पो निस्कियो

केही दिन अघि प्रहरीले सार्वजनिक गरेको युरेनियम नामक पदार्थ अर्कै भएको पाइएको छ । झण्डै दुई दशक देखि एकै घरमा भण्डारण गरिएको भनिएको उक्त पदार्थ युरेनियम नभएको खुलेको हो ।

यसअिघ पनि युरेनियम नभएको भन्दै धेरै आशंकाहरु प्रकट भएका थिए । हातले छुन नमिल्ने, अनुहारको नजिक या खाली आँखाले समेत हेर्न नमिल्ने पक्राउ परेको पदार्थ युरेनियम नै भए नभएको भन्ने प्रष्ट थिएन ।

काठमाण्डौको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ । प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको हो ।

नास्टका सिनियर साइन्टिफिक अफिसर डा बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए । उनका अनुसार नास्टले आइतबार मात्रै परीक्षणको रिपोर्ट पठाएको हो ।

यो पनि, जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने तयारी थालेको हो । स्थानीयस्तरमा उत्पादित खाद्यान्न खरीद गरी त्यसको ब्राण्डिङ तथा प्रवद्र्धनमा कम्पनी लागेको छ ।

कम्पनीले २ सय क्वीन्टल मार्सी खरीदका लागि फागुन ३ गते सूचना निकालेर ठेक्का आह्वान गरेको छ । ठेक्का परेपछि कर्णाली प्रदेशको सुर्खेतबाट चामल खरीद गरी काठमाडौंमा ल्याएर ‘नेपाल फुड ब्राण्ड’मा प्रतिकिलो २२५ रुपैयाँका दरले विक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।यसअघि कम्पनीले पहिलो लटमा २७ सय किलो मार्सी खरीद गरी विक्री गरिसकेको छ भने दोस्रो लटमा २६ सय ३० किलो मार्सी खरीद गरिएकोमा हालसम्म ३०१ किलो विक्री भइसकेको छ ।

दोस्रो लटको चामल विक्री यही फागुन १५ गतेदेखि शुरू भएको हो ।कम्पनीले गत माघदेखि पहिलोपटक विक्री शुरू गरेको मार्सी चामलको हाल बजारमा उत्साहजनक र आशलाग्दो व्यापार भइरहेको कम्पनीले बताएको छ । बजारमा राम्रो व्यापार गर्न सफल हुँदै गएकाले भोलिका दिनमा उपत्यका बाहिर पनि यसको विक्री शुरू गर्ने योजना कम्पनीको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस