यो हातमा सुन लगाउँदा दुर्भाग्य आउँछ, जान्नुहोस् सुनबारे १४ जरुरी कुराहरु

काठमाडौं। ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि आफ्नै किसिमको प्रभाव पार्ने गर्छन् । यो सबै सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभाव भएको बताइन्छ। ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन्।

१. बायाँ हातमा सुन लगाउनु ज्योतिषशास्त्रअनुसार उचित होइन । यसरी लगाइने सुनले दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ।

२. खुट्टामा सुन लगाउनु हुँदैन। यसले दाम्पत्य जीवनमा गलत प्रभाव पार्ने विश्वस गरिन्छ।

३. घरमा सुन राख्ने ठाउँ घरको उत्तर पूर्वमा हुनु शुभ मानिन्छ ।

४. सुनलाई रातो वा पहेंलो कपडामा बाँधेर राख्नु र सुनसँग केसर राख्नु शुभ मानिन्छ ।

५. गर्भवती र वृद्धा महिलाले थारै सुन लगाउन सक्ने भए पनि धेरै सुन लगाउनु अशुभ मानिन्छ ।

६. सन्तान प्राप्तिका लागि साहिँली औंला (अनामिका)मा सुन लगाउनु शुभ मानिन्छ ।

७. सुन दानमा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ ।

८. सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्छ ।

९. दाम्पत्य जीवन खुसी बनाउन गलामा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनु शुभ मानिन्छ ।

१०. फलामको व्यापार गर्नेहरुले सुन धारण गर्नु अशुभ मानिन्छ । यसले व्यापारमा नोक्सानी हुन्छ ।

११. चिसो भएमा कान्छी औंलामा सुन लगाउनु र उर्जाको लागि सुनपानी पिउनु लाभदायक मानिन्छ ।

१२. कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ ।

१३. मोटोपनको समस्या भएका र रिसाहाले सुन धारण गर्नु उचित मानिँदैन ।

१४. सुन कहिल्र्य पनि अपवित्र नहुने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस