१६ वर्ष पहिला हराएको हिराको औंठी एउटा गाजरले लगाएको भेटिएपछि

धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए ।

यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ। क्यानाडा डेलीमा छापिएको समाचारअनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन् । हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन् । तर, उनका छोरालाई यसबारेमा थाहा थियो ।

मेरीकी बुहारीले बगैंचामा गाजर उखल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी बुहारीलाई गाजरमा फसे’को अवस्थामा भेटियो । त्यसरी निकै अघि हराएको औंठी भित्र पछि लगाएको गाँजर उम्रिएको थियो ।

मेरीले औंठी हराएको घटना लुका-उन बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मन लागेपछि उनले उक्त गाजर उखेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस