के गर्दै छिन् अमिताभ वच्चनकी छोरी स्वेता, छैन ग्ल्यामर इन्डष्ट्रिसँग नाता ।

वावु अमिताभ वच्चनसँग सोशल मिडियाका प्राय फोटोहरुमा हुन्छिन् छोरी स्वेता । विग वि आफ्नी छोरी स्वेतालाई धेरै माया गर्छन् र मौका मिल्नासाथ छोरीसँग आफ्नो क्वालिटि टाईम स्पेंड गर्न मन पराउँछन् । वलिउडमा वच्चन परिवारको अलग्गै स्थान छ ।

वच्चन परिवारको हरेक सदस्य ज्यादै पपुलर छन् र सधैं समाचारमा छाईरन्छन् । अमिताभ वच्चनकी छोरी स्वेताले आफ्नो आमा जया वच्चन जस्तै लाइमलाइटवाट दुरीमै रहन राम्रो ठान्छिन् ।

स्वेता वच्चनले फिल्मलाई कहिले महत्व दिईनन् र आफ्नो क्यारियर फिल्म क्षेत्रवाट अलग नै राखिन् । उनि पेशाले पत्रकार हुन्, होस्ट र मोडलिङ पनि गरिसकिन् । सन् २०१८ मा उनले एम.एक्स्.एस. नामको आफ्नो फ्याशन लेवल पनि लन्च गरिसकेकि छिन् ।

त्यही साल कल्याण ज्वेलर्सको ब्राण्ड ऐंबेसडर पनि वनिन् । यो वाहेक उनि एक लेखिका पनि हुन् । उनले २०१८ मै एक किताव पनि लेखेकी थिईन् । कितावको नाम थियो प्याराडाईज टावर ।

स्वेता वच्चन को जन्म सन् १९७४ मार्च १७ मा भएको थियो । उनको व्यतिmगत जिवनको कुरा गर्ने हो भने उृनले सन् १९९७ फ्रेवरी १६ मा विजेनसमैन निखिल नंदासँग विवाह गरेकि थिईन् । निखिल नंदा, राजकपुरकी छोरी रितु नँदाको छोरा हुन् । उनिहरुको नव्या नवेली नंदा र अगस्त्य नंदा गरी दुई वच्चाहरु पनि छन् ।

अमिताभ वच्चन आफ्नी छोरीको वाल्यकालमा विताएको क्षणको यादमा ज्यादै भावुक हुन्छन् । अमिताभ वच्चनको इन्स्टाग्राम स्वेता र अभिषेकको साथ भएका फोटोहरुले भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस