ईदमा जोन अव्राहमको डवल धमाका, सुपरस्टार सलमान खानलाई टक्कर दिने ।

वलीउड एक्टर जोन अव्राहमको अपकमिंग फिल्म सत्यमेव जयते २ को रिलिज डेट सार्वजनिक भएको छ । फिल्म ईद २०२१ मा रिलिज गर्न गईरहेको जनाईएको छ । यसैको साथ सल्मान खानको राधे पनि यहि ईदको दिन रिलिज गर्न गईरहेको छ । यहि कारण दुवै एक्टर विच कडा टक्कर हुने पक्का छ र वक्स अफिसमा को अगाडी वढ्नेछ यो हेर्न ज्यादै रोमान्चक हुने छ ।

केही वर्ष अघि देखि हरेक साल ईदको दिन सलमान खानको फिल्म रिलिज हुँदै आईरहेको थियो । तर यो सालको ईदमा सल्मान खानलाई टक्कर दिन वलिउड एक्टर जोन अव्राहम पनि आईरहेको छ । हो यो पालि ईदमा जोनको नयाँ फिल्म सत्यमेव जयते २ को रिलिज डेट सार्वजनिक भईसकेको छ ।

जोनले आफ्नो इन्स्टाग्राममा फिल्म सत्यमेव जयते २ को पोस्टर शेयर गरेको छ र जसमा उनको डवल रोल हेर्न पाउनु हुनेछ । जोनले पोस्टर शेयर गर्दै यो ईदमा सत्या र जयको विच भिडन्त हुनेछ, लड्ने छ दुवै यो साल, दुवै भारत माताको लाल लेखेको छ । यो फिल्म १३ मे २०२१ मा सवै सिनेमाघरमा रिलिज हुनेछ । पोस्टरमा जोनलाई पुलिस अफिसरको रुपमा देख्न सकिनेछ ।

फिल्म सत्यमेव जयते २ भन्दा पहिला जोन अव्राहमको अर्को फिल्म मुंवई सागा मार्च १९ मा रिलिज हुँदैछ । यो एक एक्सन थ्रिलर मुभि हो । उक्त फिल्मको डाईरेक्टर संजय गुप्ता हुन् जसले पहिला पनि धेरै एक्सन फिल्मको डाईरेक्सन गरिसकेको छ । मुंवई सागा सत्य घटनामा आधारित फिल्म हो । जोनको यो फिल्म सवै फ्यानहरुले पुरा एक्साईटेडका साथ कुरीरहेका छन् । उक्त फिल्मको टेलरले पनि दर्शकहरुको खुव मायाँ वटुलेको थियो ।

सुपरस्टार सलमान खानले पनि आफ्नो फिल्म राधे योर मस्ट वान्टेड भाई को जानकारी इंस्टाग्राम मार्फत गराएका हुन् । सल्मानले आफ्नो फिल्म राधेको पोस्टर शेयर गर्दै रिलिज डेट सार्वजनिक गरेका हुन् । उक्त फिल्ममा सलमान खानको साथ दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफको कलाकारीता देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस